गोरखा माघ १८ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् गण्डकी अञ्चल संयोजक खगराज अधिकारीलाई एमाले पार्टी कार्यालय अगाडि एमालेकै पार्टी कार्यकर्ताले दुई थप्पड लगाएका छन् । प्रधानमन्त्री बनाउने विषयलाई लिएर उहाँलाई सोमबार साँझ एमालेकै कार्यकर्ताले थप्पड लगाएका हुन् । ती एमाले कार्यकर्ताको भने नाम सार्वजनिक गरिएको छैन । प्रशिक्षण समापनपछि पार्टी कार्यालय निरीक्षण गर्न आउने क्रममा नेता अधिकारीलाई गालामा दुई पटक हानेपछि के गरेको भनी अरुले रोकेपछि उनले छोडेका थिए ।
प्रहरीले कारबाहीका लागि लैजान खोजे पनि घटनाको समाचार बन्न सक्छ भन्दै गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले नमान्नु भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सूर्य थापाले बताउनुभयो । एमाले पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्न गोरखा आउनुभएको थियो
No comments:
Post a Comment
kushmabajar.blogspot.com