कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

Introduction Of Parbat District

अगन्धर तिवारी
पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार र कटुवाचौपारी शंकरपोखरी लगायतका गाविसलाई जोड्ने नेपालकै अग्लो भनेर दाबी गरिएको एक सय ४४ मिटर अग्लो झोलुङ्गेपुल यतिबेला आन्तरिक पर्यटकहरुका लागि पहिलो गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

पुल हेर्न र मोदी खोला अलपेश्वर गुफा लगायतका मनोरम दृश्यको अवलोकन गर्न पुलमा बसेर तस्विर खिच्नका लागि वालवालिका बृद्धबृद्धादेखि नयाँ नयाँ प्रेमी प्रेमीकाहरुको समेत ओइरो नै लाग्नेगरेको स्थानीय व्यवसायी ढाकाराम गिरीले बताए ।

बिहान दिउँसो होस् या साँझको समय देशका बिभिन्न ठाउँबाट यहाँसम्म आएर पुलको बिचमा बसेर तस्बिर खिच्ने प्रेम जोडीहरुको यहाँ निकै भिड नै लाग्नेगरेको छ । कतिपय जोडीहरुले त यहि पुलमा बसेर फोटा खिचेर त्यसैलाई बिवाहको संकेतका रुपमा समेत लिएर आफ्ना तस्विरहरु इन्टरनेटको सामाजिक साजाल फेसबुकको पेजमा समेत सुरक्षित गर्नेगरेका छन् ।

पुल निर्माण भएपछि आसपासमा रहेको खाली क्षेत्रमा होटल तथा रेष्टुरेष्टहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धी हुनुका साथै पुलदेखि करिव एक किलोमिटर टाढासम्मको जमिनको मुल्यमा पनि दश बिसौं गुणा बृद्धी भएको स्थानीय होमबहादुर बिकले बताए । पुल हेर्नकै लागि मात्रै म्याग्दी बाग्लुङ कास्की लम्जुङ तनहुँ नवलपरासी काठमाण्डौं चितवन लगायत मुलुकभरिका सबै जिल्लाबाट दैनिक सयौंको संख्याका सर्वसाधारणहरु आउनेगरेका उनले बताए ।

‘बिभिन्न सन्चार माध्यमहरुले पुलका बारेमा निकै चर्चा गरेका थिए ।’ पुल हेर्नका लागि म्याग्दीबाट आएका कुशल पौडेलले भने – ‘यहाँ आइसकेपछि साचार माध्यममा वर्णन गरेको भन्दा असंख्य बढि मनै लोभिने दृश्यहरु हेर्न पाएं …।’

कुश्मा ज्ञाँदी झोलुङ्गे पुल पर्यटकिय हिसावले मात्रै नभएर विकासको हिसावले पनि निकै महत्वपुर्ण मानिएको छ । करिव एक घण्टाको पैदल यात्रा गर्नुपर्ने बाटो पाँच मिनेटमा छोटिएपछि पुलले प्रत्यक्ष फाइदा पुग्ने कटुवाचौपारी शंकरपोखरी मुडिकुवा पिपलटारी कार्कीनेटा थापाठाना लगायतका दर्जनबढी गाविसका साथै स्याङ्जा जिल्लाका बासीन्दालाई समेत सहज भएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com