कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कविता संग्रह


लेखक :दिपिका देबी भुसाल 


जोड्ने काम नगर 

आकाश मा तारा कति छ म गन्न सक्दिन .
माया त मेरो कति छ म भन्न सक्दिन ,
खाली पाना हो तेस्लाई कोर्न्ने काम नगर .
टुटी एको मुटु लाई जोड्ने काम नगर ......



भिछुक को भेश सरी...

यो मन खल्लो खल्लो भयो एक दिन तिमी न हुदा,
मन तेसै उराठ लागो सुन सान बन मा नेउली तेसै रोही दिदा
गयौ तिमी रंग गर्न एकान्त मा मलाई छोडी
आँखा बाट आँशु झरो भाक्कानो ले मुटु गाडी ,
दिन त बित्तो कल्पना मा रात बिताउ कसरी म
,
पलपल छट्पटिदै बिहानी लाई भेटाउ कसरी म
केबल तिम्रो सम्जना मा रात भयो औशी सरि
आफ्नै मुहार लागो मलाई भिछुक को भेश सरी........


सिउन पाए पनि हुन्थ्यो ...

पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो .....


मतलबी संसार .....

पैसा तिर्नुपरे औषधि पनि नखाने

सित्तैमा पाए अलकत्र पनि खाने

हाम्रो समाज मा यस्ता मान्छे पनि छन् 
,
अरु ले गरि खाय को रिस मात्रै गर्ने ......मतलबी संसार ......


कुटु कुटु मुटु 

जीवन येउटा खोला रहेछ साधा बाहर बगी रहने ,
प्रेम एउटा रोग रहेछ कुटु कुटु मुटु खाइ रहने ,
तिमी येस्तो प्रेमी रहेछौ अतित लाई बल्जाइ दिने ,
वोखती को नाम मा बिस पनि पीलाई दिने .
तिमी बिस दिदै गयौ म पिउदै गय



                                                      ---पर्बत हाल : इजरायल 

No comments:

Post a Comment

kushmabajar.blogspot.com