कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको आर्थर डाडाँखर्क का एक परिवार ले देखाए कस्तो हुन्छ चौरासी पुजा


 एक हजार पूर्ण चन्द्र देखेपछि बृद्धहरुले चौरासी पुजा लगाउने चलन छ । चौरासी पूजा धुमधामसंग गर्ने परम्परा छ । तर पर्वतको आर्थर डाडाँखर्क गाबिसका एक बृद्ध दम्पतीले चौरासी पुजामा खर्चिने रकम बिद्यालयमा अक्षयकोष स्थापना गरी जम्मा गरेका छन ।
आर्थर डाडाँखर्क गाबिस – ६ घर भै हाल पोखरा उपमहानगरपालिका रत्नचोकमा बस्दै आएका प्रेमबहादुर गुरुङ्ग र उनकी धर्मपत्नी बिष्णुकुमारी गुरुङ्गले चौरासी पुजाको दिन बिद्यालयमा औपचारिक कार्यक्रम गरेर १० लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।
चौरासी पुजामा लाखौ रुपैया खर्च गर्ने र धार्मिक बिधीबाट पुजा लगाउने गुरुङ्ग समुदायको पुरानो चलनलाई रोकेर शिक्षा क्षेत्रको बिकासमा खर्च गर्न अक्षयकोष स्थापना गरेको गुरुङ्गले बताए । अनावश्यक खर्च गर्ने प्रचलन तोड्न र सामाजिक काममा आफुँलाई अग्रसर गराउने चाहनाले बिद्यालयमा पुजाको दिन अक्षयकोष खडा गरेको बताए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com