कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

आकर्षणको केन्द्रविन्दु बनेको छ सेतीवेनी

भवानी प्रसाद शर्मा
One of the tourism area of parbat district nepal
कालीगण्डकी र सेती खोलाको दोभानमा रहेको तिन अंचलका तीन जिल्ला पर्वत स्याङ्गजा गुल्मीको संगमस्थलमा पर्ने सेतीवेनी बजारमा विशाल कालो शिलाढुङ्गा रहेको छ । त्यहि कालो शिलाढुङ्गालाई अवलोकन गर्न आउनेहरु परापुर्व कालदेखी शालिग्राम शिला मान्दै आएका छन् । हिन्दुधर्म अनुसार शिलालाई भगवान् विष्णुका रुपमा पुजिन्छ ।

महाशिला पुज्नका लागि देशका विभिन्न ठाउँहरुबाट हरेक एकादशी औंशी सक्रान्ति लगायतका चाडपर्वमा धुमधाम मेला लाग्ने मात्र नभई धार्मिक आस्था राख्नेहरु दिनानुदिन आउँदछन् । कृष्णगण्डकी स्नान र शिलाको दर्शन गर्न आउँनेहरुका लागि मनको कौतुहलता शिला नै वन्ने गर्दछ ।
सदरमुकाम कुश्माबजार देखि फलेवास बाच्छा हुदै कालिगण्डकी तिरैतिर हिडेर एकदिनमा पुग्न सकिने सेतिवेनीको मिर्मीमा अर्को चासोको विषय कालिगण्डकी जलविद्युत् योजना रहेको छ । जलविद्युत योजनावाट वनेको मिर्मी जलाशयमा दैनिक वीस भन्दा वढी स्टिमर चल्ने गर्दछन् ।

धर्म नै विज्ञान हो विज्ञान अकाट्य छ । शालिग्राम महाशिला सगै रहेको शिव मन्दिरमा पुजा गर्न आउनेहरु शालिगा्रम महाशिलाको धार्मीकसास्कृतिक महत्व वारेमा विभिन्न पुराणहरुमा पहिला नै कालिगण्डकी थुनिएर ठुलो जलाशय हुने कुरा उल्लेख भएको वताउँछन् ।
ग्रन्थहरुमा उल्लेख गरिएको वर्णन अनुसार हाल कालिगण्डकी जल विद्युत परीयोजना संचालन हुनुले धर्म नै विज्ञान हो भन्न सहजै सकिन्छ । क्षेत्रमा ठुलो जलाशय हुने र जल यातायातबाट शालिगा्रम महाशिलाको दर्शनका साथै पुजापाठ गर्न दर्शानार्थीहरुको घुईचो लाग्ने कुराले पुराणमा उल्लेख गरिएको भनाईलाई पुष्टी गरेको छ ।
हिन्दु धर्मालम्विहरुले विशाल शिलाको पुजापाठ गर्दछन त विदेशी पर्यटकहरुले रमाउदै शिलाको फोटो खिचेर लैजाने गर्दछन् । गण्डकी अाचलको स्याङ्गजा लुम्विनी अाचलको गुल्मी धौलागिरी अंचलको पर्वत तिन अाचलका तिन जिल्लाको संगमस्थल सेतीवेणीको आफ्नै महत्व रहेको छ । यी जिल्लाहरुका दर्जनौ गाविसबासीहरुको साझा ईष्ट देवताको रुपमा रहेको शालिग्राम महाशिलामा विवाह ब्रतवन्ध लगायत समय समयमा लाग्ने मेलाले यस क्षँेत्रलाई शोभनीय वनाएको छ ।
अझै कालिगण्डकी ए जलविद्युत् परियोजना संचालनमा आएपछि बनेको जलासय र जलसयमा जलयातायत संचालन पछि सर्वसाधारणलाई सुविधा त मजदुरहरुलई रोजगार मिलेको छ । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको खण्डमा स्थानियबासी लाभान्वित हुने मात्र नभई मजदुरहरुको जिवन स्तर उकासीने वताउँछन स्टिमर यातयात संघका कोषाध्यक्षँ टिकाराम केसी
ऐतिहासीक शिला र जलाशयका कारण यहाका भौतिक संरचनाहरुलाई जोगाउन र संरक्षण गर्नुपर्ने अवस्था छ । दैनिक विस भन्दा वढी स्टिमर चल्ने यस क्षँेत्रमा वाग्लुङ्ग म्याग्दी पर्वत गुल्मी लगायत नेपाल अधिराज्य तथा विदेशी पर्यटकहरु महाशिलाको अवलोकनगर्ने गर्दछन् ।
दक्षिण पर्वतको शालिग्राम गाविसको सेतीवेणीदेखि स्याङजाको गल्याङसम्मको करिव सात किलोमीटर लामो जलाशयमा विगत ६ वर्षदेखि व्यावसायिक रुपमा जलयातायात संचालन हुदै आएको छ । नेपाल सरकारले यस्ता पर्यटकीय क्षेत्रका लागि राम्रो ध्यान पुर् याउन सके राज्यको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने वताउँछन् महाशिला तथा ताल संरक्षक समितिका अध्यक्षँ केशव पौडेल ।
पौडेलले राष्ट्रियहितको लागि ठोस कार्यनिती वनाउन सके पर्यटकीय क्षेत्रमा विकास गर्न कठिन नहुने दावी गर्दछन् । उक्त क्षेत्रलाई अहिले पनि न गाविस नत जिल्ला नै या त तीन अाचलका तीन जिल्लाहरुले कुनै रकम विनीयोजन गरेका छैनन् । त्यसैले सरकारले नै पर्यटकीय क्षेत्र घोषणा गर्न पौडेल लगायत स्थानीयवासीको माग छ । त्यसो त कालीगण्डकी वाट उठेको रोयल्टी पनि यस क्षेत्रलाई दिएको पाईदैन् उनको भनाई छ ।
जिल्लाकै अतिविकट मानिने दक्षिँणी भेगमा रहेका यस्ता प्राकृतीक सौन्दर्यलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरे सर्वसाधारणलाई रोजगारी र आम्दानीको विकास हुने स्थानीयवासी रविदत्त भट्टराईको भनाई छ । विश्वविद्यालय र मेची महाकालीका मानिसहरु भ्रमण गर्न आउने यस ठाउमा सवैले चासो दिए हौसला वढ्ने उनको भनाई छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com