कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

‘राज्यको बिभाजन भौगोलिक कि जातिय आधारमा’ बारे पर्वतमा जनमत संग्रह

प्रकाश पौडेल, पर्वत, जेठ ३ । राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि ब्राम्हण क्षत्री, दशनामी, ठकुरी, दलितलाई आदिबासी घोषणा गर्नुपर्ने लगायतका मागहरु राख्दै आन्दोलनमा उत्रेको संयुक्त संघर्ष समिति पर्वतले आज शिबालय चोकमा राज्यको बिभाजन भौगोलिक आधारमा कि जातिय आधारमा भन्ने बिषयमाजनमत लियो ।पर्वत सदरमुकामका बिभिन्न भागहरुमा लिईएको जनमतमा जम्मा ६६२ जनाले भाग लिएका (मतदान गरेका) थिए । राज्यको बिभाजन भौगोलिक आधारमा हुनुपर्छ भन्ने पक्षमा ६०५ र त्यस्को बिपक्षमा २६ मत परेको र ३१ मत बदर भएको संघर्ष समितिका उपाध्यक्ष युगनाथ रेग्मीले जानकारी दिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com