कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

हराएका बालकका आफन्तले बागलुङका बिद्यालयल बन्द गराए


गत शनिवार देखि हराएका बालकका आफन्तले खोजीकार्यमा सक्रियता नदेखाएको भन्दै आज बागलुङका निजी तथा आवासीय बिद्यालयल बन्द गराएका छन ।
नरेठाठी ३ घरभइ बागलुङ ट्रिङकल छात्रावासमा बस्दै आएका १४ बर्षिय सुनिल गैरे कालिगण्डकी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएको चार दिन बितिसक्दा पनि छात्रावास र सम्बन्धीत निकायले चासो नदेखाएको भन्दै जिल्लाका सबै निजी तथा आवासीय बिद्यालयहरु बन्द गरिएको पिडित पक्षले बताएका छन ।

बानवा १ को निर्णयघाटमा नुहाई रहेको समयमा गैरे चिप्लीएर खसेको प्रहरीले बताएको छ । पिडित पक्षले तत्कालै बालकको खोजीकार्य नथालिए भोलिदेखि अन्य क्षेत्रमा समेत बन्द गर्ने बताएका छन । गैरेको अहिलेसम्म पत्ता लाग्न सकिरहेको र खोजिकार्य तिर्ब पारिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बालकको खोजिका लागि कालिगण्डकी नदिको तिरमा स्थानियवासि, प्रहरी तथा बिद्यार्थीहरु जुटेका छन 

No comments:

Post a Comment

kushmabajar.blogspot.com