कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि प्रमुख आकर्षण केन्द्र

पहाडकी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको लागि ग्रामीण पर्यटनको प्रमुख आकर्षण केन्द्र बन्दै गएको छ ।

झन्डै ३४ सय फिट उचाइमा रहेको नेवारी कला संस्कृतिको थलो यहाँबाट पश्चिमको अपि सैपाल हिमालदेखि धौलागिरि अन्नपूर्ण मनास्लु हिमालचुली बुद्धदेखि पूर्वका लाङटाङ हिमशृङ्खलाका कयौँ चुचुराहरु देख्न सकिन्छ ।

तल मस्र्याङदी उपत्यका र त्यसको ठीकमाथि चिटिक्क परेका हरिया पहाडजस्ता प्राकृतिक सौन्दर्यले बन्दीपुर पुग्नेलाई मोहित तुल्याउँछ । अठारौं शताब्दीमा बनेपाबाट पुगेका नेवारीहरुले व्यापार सुरु गरेका बन्दीपुर नेवारी कला संस्कृतिको पनि अनुपम स्थल हो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com