थाइल्यान्डमा जारी एसीसी यू १९ एलिट कप क्रिकेटको आठौं संस्करणमा नेपालले विजयी शुरुवात गरेको छ। मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालद्वारा युएई ९ विकेटले पराजित भएको छ । युएईले नेपाल सामु प्रस्तुत गरेका ८८ रनको झिनो लक्ष्य नेपालले १५ ओभरमा मात्र १ विकेट गुमाएर युएईलाई भेटाउन सक्यो ।
ओपनर सुवास खकुरेल ५ रनमा आउट भएपनि फैजुल रहमान र सागर पुनले उतकृष्ट प्रर्दशन गरेपछि नेपालको युएईमाथि सहज जित सम्भव भएको हो । यसअघि युएईलाई सस्तैमा समेटन राहुल विकले ३, अविनास कर्ण, कृष्ण कार्की र भुवन कार्कीले समान २ र क्याप्टेन पृथु बाँसकेटाले १ विकेट लिएका थिए । नेपालले भोलि ओमानसँग भिड्ने छ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com