विराटनगर, माघ २५ - एमालेको भातृ संगठन युवा संघका मोरङका एक गाउँस्तरीय कार्यकर्ताको गोली हानी हत्या भएको छ । मोरङको दुलारी-१ निवासी २३ वर्षीय भुवन कार्कीको सोमबार राति सुनसरीको इटहरीमा हत्या भएको हो ।
उनको शव इटहरी-४ मा रिक्सामा मंगलबार बिहान फेला परेको थियो । एमाले स्रोतका अनुसार कार्की दुलारी गाउँ समिति सदस्य हुन् । मोरङ एमाले अध्यक्ष विनोद ढकालका अनुसार उनको पार्टीमा संलग्नता र घटनाबारे सोधखोज भइरहेको छ ।
प्रहरीका अनुसार छातीमा गोली हानी हत्या गरेको अवस्थामा पाइएका कार्कीलाईर् कसले गोली प्रहार गरेको भन्ने खुलेको छैन । शव पाइएको स्थान आसपास बिहानैदेखि कार्यकर्ताको ठूलो उपस्थिति रहेकाले तनावको अवस्था छ । कार्कीको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि लगिएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com