म्याग्दी,२७ माघ
म्याग्दीका विभिन्न गाविसका करिव ७ प्रतिशतको हाराहारीमा लक्षित बालबालिका पोलियो खोप अभियानबाट छुटेको एक तथ्याङक र्सार्वजनिक गरिएको छ ।
म्याग्दीका विभिन्न गाविसका करिव ७ प्रतिशतको हाराहारीमा लक्षित बालबालिका पोलियो खोप अभियानबाट छुटेको एक तथ्याङक र्सार्वजनिक गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले बुधबार आयोजना गरेको १३ औ राष्ट्रिय पोलियो खोप अभियान अन्तरगतको जिल्ला स्तरिय परिचात्मक कार्याक्रममा सो तथ्याङ्क र्सार्वजनिक गरिएको हो ।
राष्ट्रिय तथ्याङ्क अनुसार जिल्लाभरमा करिव ७ प्रतिशत बालबालिकालाई पलियो खोप कार्यक्रम बाट बञ्चित भएकाले प्रचारप्रसारका साथै घरदैलो अभियान चलाउनुपर्नेमा जोड दिइएको थियो ।
म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले विपन्न बर्गका बालबालिका परिवार चेतनाको अभावका कारण यस्तो अभियानबाट लाभान्वित हुनबाट बन्चित हुने गरेको बताउनुभएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा म्याग्दी अस्पतालका प्रमुख डा. लालबहादुर मल्लले नेपालमा ६ जनालाई पोलियो देखिएकाले पोलियो उन्मुलन गर्न नियमित अभियानमा सामेल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिविसका योजना तथा प्रशासकीय अधिकृत सुवास लामिछाने,विभिन्न राजनैतिक दलका प्रतिनिधि, महिला तथा बालबालिका कार्यालयकी प्रमुख कल्पना सापकोटा लगाएतको सहभागिता रहेको थियो ।
पहिलोे माघ २८ र २९ त्यस्तै दोस्रो फागनु २८ र २९ गते सञ्चालन हुने अभियानमा जिल्लाका ४१ ओटै गाविसमा लक्षित जनसंख्या १८२५५, खोपकेन्द्र ३२७,स्वयंसेवक ७४४, परिचालित स्वास्थ्यकर्मी १३३ जना रहने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
पोलियो अभियानमा पश्चिमाञ्चल विकास क्षेत्रमै म्याग्दी उत्कृष्ट जिल्लाको रुपमा समेत चिनिएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com