कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतमा विद्युत कटौति गरेपछि साना दलहरु पनि चुप लागेर नबस्ने चेतावनी


प्रकाश सापकोटा
पर्वत
नेपाल पत्रकार महासंघ पर्वत, बाग्लुङ र म्याग्दीले निकालेको संयुक्त विज्ञप्ती पछि पर्वतका साना दलहरुले पनि एक संयुक्त विज्ञप्ती प्रकाशित गरी नेपाल विद्युत प्राधिकरण पर्वतको ध्यानाकर्षण गराएका छन् ।
सर्वसाधारण, उद्योगी, ठुला तथा साना व्यापारीहरुको मर्कालाई मध्य नजर गरी आफ्नै गृहजिल्ला मोदीखोलामा उत्पादीत नेपाल विद्युत प्राधिकरणले समय विपरीत लोडसेडिङ्ग गरी विद्युत कटौति गरेपछि साना दलहरु पनि चुप लागेर नबस्ने चेतावनी दिदै प्राधिकरणको ध्यानाकर्षण गराएका हुन् ।
सानादलद्वारा शनिवार प्रकाशित विज्ञप्तीमा भनिएको छ जलविद्युत उत्पादनको क्षेत्रमा  पर्वत जिल्ला अत्यन्तै उर्जाशिल मानिन्छ । विद्युत उत्पादन गृहजिल्लामा रहेको हाल मोदीखोलालाई उर्जा खोलाको रुपमा नामाकरण भैसकेको विद्यमान परिस्थितिमा नेपाल विद्युत प्राधिकरणले उपेक्षित गैर जिम्मेवारी पूर्वक जिल्लवासीहरुलाई लोडसेडिङ्गको मार खेखपीरहेको जखिटल अवस्थाप्रति हाम्रँे गम्भीर ध्यानकर्षण भएको छ भन्दै साना ६ दल नेकपा एकिकृत, राप्रपा नेपाल, नेकपा माले, राप्रपा, जनमुक्ती पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ती प्रकाशित गरी प्राधिकरणले विद्युत कटौतिको विरोध गरेका हुन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com