रुख ढाल्ने क्रममा ३३ केभी मुख्य प्रसारण लाइनको तार छिनेपछि पर्वतको दक्षिण र बागलुङको दक्षिण भेगमा सोमबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
पर्वतको खानिगाउँ-४ झकलक भन्ने ठाउँमा रुख ढाल्ने क्रममा ३३ केभी मुख्य प्रसारण लाइनको तारसहित करिब १० वटा पोल भाँचिएपछि पर्वतका नौ र बागलुङका पाँच गाविसमा विद्युत् अवरुद्ध भएको हो ।
एसएलसी परीक्षाको समयमा विद्युत् अवरुद्ध भएपछि विद्यार्थी सबैभन्दा धेरै मर्कामा परेका छन् । सोमबारदेखि नै पर्वतका पाङ्राङ, लुङ्खुदेउराली, कुर्घा, लिमिठाना, ठानामौला, शङ्खरपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान र बागलुङका जैदी, छिस्ती, अर्जेवा, बिनामारे, सर्कुवालगायतका गाविस अन्धकारमा छन् भने पर्वतको रेडियो पर्वतको प्रसारण सेवासमेत बन्द भएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com