जिल्लामा शहरिकरणको बिस्तारसंगै बन्ने सडक, भवन तथा विकासनिर्माणका लागि आवश्यक पर्ने सामानलाई मध्येनजर गर्दै म्याग्दीमा पहिलोपटक क्रसर उद्योग सञ्चालनमा ल्याइएको छ ।
करिव तिन करोड रुपैयाँको लगानीमा पुलाचौर ९ बगुवाखोला चुत्रे क्रसर उद्योगको सञ्चालन भएको हो । क्रसर उद्योग सञ्चालनमा आएपछि जिल्लामा आवश्यक पर्ने गिटी, बालुवा लगायतका निर्माण सामाग्रीको माग बढ्दै जान थालेको छ ।
क्रसरमा उत्पादन गरिएको गिटी, बालुवा, कंक्रिट म्याग्दीको सदरमुकाम बेनीबजारलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुङ्गा-बेनी सडक कालोपत्रेमाका साथै निजि क्षेत्रमा प्रयोग गर्ने गरेको उद्योगका सञ्चालन नारायण जिसीले बताउनुभयो ।
मालढुङ्गा-बेनी सडक कालोपत्रेका ठेकेदार समेत रहेका जिसीले गुणस्तरीय सडक बनाउन अन्य क्षेत्रबाट खरिद गरेको निर्माण साम्रागी भन्दा स्थानियस्तरकै राम्रो हुने भएकाले यसको क्रसर स्थापना गरिएको बताएका छन
पछिल्लो समय दैनिक ७ घण्टाको लोडसेडिङले माग अनुसारको साम्रागी उत्पादन गर्न समस्या भएको उद्योगका कामदारले बताएका छन् । अहिले सो उद्योगमा करिव ५५ जनाले रोजगार समेत पाएका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com