चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ,
पशु पालनमा अगाडी रहेको हिमाली जिल्ला मुस्ताङका किसानले २०६७ सालमा करिब २७ करोड ५५ लाख ८८ हजार २ सय पचास रुपैया बराबरको स्वादिष्ट मानीने हिमाली भेडाच्याग्रा र याकको सुकुटी उत्पादन गरेकोे जिल्ला पशुसेवा कार्यालय मुस्ताङले जनाएको छ ।
उपयुक्त बातावरण हिउदको चिसो मौसममा लाग्ने हावाबा सुकाइने स्वादिष्ट सुकुटीका कारण माग बढेको बताउदै याकको सुकुटी ३ हजार ४ सय ८० केजी सुकुटी करिव ८७ लाखको सुकुटी उत्पादन भएको जिल्लापशु सेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा गुरु प्रसाद खकुरालले बताउनु भयो ।
भेडाच्यांग्राको हाड सहितको सुकुटी ३७ हजार ४ सय ५८ केजी र फलमासुको सुकुटी ५६ हजार १ सय ८७ केजी करिब २६ करोड ६८ लाख ८८ हजार २ सय ५० रुपैया बराबरको सुकुटी उत्पादन गरिएको कार्यालय प्रमुख डा खकुरालले बताउनु भयो
No comments:
Post a Comment
kushmabajar.blogspot.com