कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीले शान्ति प्रक्रियालाई प्राथमिकता नदिएको आरोप लगाउनुभएको छ । नागार्जुन साहित्य प्रतिष्ठानले आज राजधानीमा गरेको प्रगतिशील तथा सामाजिक विवाह कार्यक्रममा सभापति कोइरालाले माओवादीले मुखले भनेपनि भित्रैदेखि शान्ति प्रक्रिया टुङ्ग्यागन नचाहेको आरोप लगाउनुभयो ।
चार वर्षदेखिको अभ्यासले पनि अझै नटुङ्गिएको बताउँदै उनले शान्ति प्रक्रिया अघि बढाउन आग्रह गर्दा माओवादीले अझै पनि आफूहरुलाई असुरक्षा भएको जवाफ दिने गरेको बताउदै कोईरालाले भने रकारमा माओवादी नै रहेको, सरकारी सुरक्षा, प्रशासन मात्र हैन, माओवादी लडाकु पनि रहेकाले माओवादीलाई केको असुरक्षा हो?
कार्यक्रममा नेविसंघका नेता काठमाडौंका रोजन राई र खोटाङ जिल्लाकी उषा गजमेरबीच आपसमा टिका साटासाट गरी विवाह गरिएको थियो । विबाहमा कांग्रेस सभापति कोइराला सहितका सबैले नव दम्पत्तिलाई शुभकामना दिनुभएको थियो
No comments:
Post a Comment
kushmabajar.blogspot.com