बुटवलबाट अर्घाखाँची जादै गरेको जीप पाल्पाको छहरा सडक खण्डको मुझुङमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
यात्रुलिएर अर्घाखाँचीको ढाडमैदान जाँदै गरेको लु १ ज १३३९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा अर्घाखाँची पटौती-७ की ७१ वर्षीया प्रेमकला भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ७ जनाको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ भने अन्य ८ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।
सिमेन्ट छड जस्ता समाग्री सहित १६ जना यात्रु बोकेको जीप कच्ची सडकबाट करिव एक सय ५० मिटर तल खसेको थियो । घाइते सबै अर्घाखाँची पटौतीका रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com