कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पत्रकारीता पेशाको शुरक्षा देउ



प्रकाश सापकोटा
पर्वत समाचादाता
पर्वत ३० चैत्र
नेपालमा रहेका अधिकाशं मोफसलमा रहेका आम सचांरकर्मीले आफ्नो श्रमको मुल्य  र पेशाको शुरक्षाको प्रत्यभुति हुन नसकेको विषयमा पर्वत जिल्लाका पत्रकार तथा सरोकारवालाहरुले राज्य ब्यावस्था प्रति चासो ब्यक्त गरेका छन ।
प्रेस स्वतन्त्रता, शान्ति र नयां सविंधान, नेपाल पत्रकार महांसघको अभियान भन्ने मुल नाराका साथ पत्रकार महांसघ पर्वतको आयोजनामा गरीएको शुभकामना तथ अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले वुधवार यस्तो ब्यक्त गरेका हुन ।
पर्वत जिल्लामा पत्रकार महासघं पर्वतको को आगामी भुमिकाको विषय तथा जिल्लामा रहेका क्रियासिल ३ रेडियो, ५ वटा साप्ताहीक र अन्य विभिन्न साहित्यीक पत्रिकाहरुले भोग्नु परेको समस्या लगायतका बारेमा त्यहां क्रियाशिल पत्रकारहरुले चर्को आवाज उठाएका छन ।
नेपालमा कार्यपालीका, ब्यावस्थापीका र न्यायपालीका गरी प्रमुख तिन अगं भएपनि पत्रकारहरुले आफ्नै प्रगतीशिल कलम चलाएर मात्र राज्यको चौथो अगंको दावी गर्न सकेकोले चोथों अगंको मान्यता पाएको त्याहां उपस्थीत पत्रकारहरुले बताए । तर चौथो अगं भन्ने यसलाई उपेक्षा गर्ने काम राजनितीक दल तथा कर्मचारी ब्यावस्थामा रहेका राज्यका मुख्य ओहादामा वसेकाले कलम रोक्ने सम्मका काम गरेको हुदां सचांर कर्मिहरुले उनिहरुको चर्को आलोचना गरेका छन । आगामी दिनमा विभीन्न सचांरकर्मी र सचांर माध्यम प्रति राज्य उदासीन देखीएमा नेपाल पत्रकार महासघं पर्वतले आन्दोलन गर्न समेत पछि नपर्ने बक्ताहरुले सम्वन्धीत पक्षलाई सचेत गराएका छन । विभिन्न सचांरका मालीकहरुले आफ्नो प्रभुत्व जमाउन त्यसमा काम गर्ने सचांरकर्मिको श्रम शोसण गरेकोमा सवम्वन्धीत सरकारी निकायहरुले अनुगमन गर्नु पर्ने पनि सचांरकर्मीले माग गरेका छन ।
नेपाल पत्रकार महासघंको जिल्ला शाखाहरुमा भएको निर्वाचन पछि नयां कार्यसमितीले पर्वत जिल्लामा यस्तो अन्तरक्रिया गरेको यो पहिलो पटक हो । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी , विभीन्न राजनितीक दल लगायत जिल्लाका सघं सस्थाहरुको उपस्थीती रहेको थियो ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com