विषय शिक्षकको व्यवस्था गर्न नसकेर विद्यार्थीको पठनपाठनमा समस्या उत्पन्न गरेको भन्दै रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको शिक्षा शास्त्र सङ्कायका विद्यार्थीले आज क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षाको विषय शिक्षकको अभावमा पठनपाठनमा समस्या भएको भन्दै पटक पटक माग गर्दा पनि क्याम्पस प्रसाशनले बेवास्ता गरको भन्दै विद्यार्थीले आज क्याम्पस प्रसासन र शिक्षा शास्त्र सङ्कायको भवनमा तालाबन्दी गरेका हुन्।
No comments:
Post a Comment
kushmabajar.blogspot.com