अगन्धर तिवारी म्याग्दी चैत २९ । मुलुकले पर्यटन वर्ष २०११ मनाइरहेका बेला म्याग्दीका ग्रामिण क्षेत्रका युवा तथा सर्वसाधारणहरुले राज्यको सहयोगबिना नै स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जुटेका छन् । स्थानीय क्षेत्रमा ओझेलमा परेका पर्यटकीय पुरातात्विक महत्वका क्षेत्रलाई प्रचारप्रसार गर्ने र भएका सम्भावनामा भौतिक पुर्वाधारको विकास गरि जिल्लालाई पर्यटकीय जिल्लाका रुपमा विकास गर्नका लागि आउँदो बैसाख महिनामा बिभिन्न गाउमा गरि आधादर्जन महोत्सव हुनलागेका छन् ।
२०६८ सालको पहिलो महिनाको अवधिमै जिल्लाको ताकम गाविसमा धौलागिरि महोत्सव पश्चिम व्यापारिक केन्द्र दरबाङ बजारमा दरबाङ उत्सव पाखापानी गाविसमा पाखापानी महोत्सव बरङ्जामा झांकि्रपानी महोत्सव दाना गाविसमा रुप्से महोत्सव आयोजना गर्न लागिएको हो ।
जिल्लाका बिभिन्न गाविसमा भएका स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्नुका साथै सम्भावनाहरुको खोजी गर्नका लागि महोत्सवको नाम पनि स्थानीय पर्यटकीय क्षेत्रको नामबाट नामाकरण गरिएको आयोजकहरुले बताएका छन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको ताकम गाविसको बाटो हुँदै धौलागिरि हिमालको आरोहण गर्नुका साथै धौलागिरि बेसक्याम्प लगायत धौलागिरि क्षेत्रले बढि परिचित भएकोले महोत्सवको नाम पनि धौलागिरि महोत्सव राखिएको स्थानीय तमबहादुर थापाले बताए ।
बैसाख १७ देखि २३ गतेसम्म ताकममा आयोजना गरिन लागेको महोत्सवमा २० हजारभन्दा बढि दर्शकले ताकमकोट धौलागिरि बेसक्याम्प लगायत ताकम क्षेत्रमा रहेका बिभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने आयोजकले बताएको छ ।
त्यस्तैगरि दरबाङ बजारमा आयोजना गरिएको दरबाङ महोत्सवमा सोहि गाविसमा रहेको भाले बास्ने ताल मालिका धुरी बिम मालिका रणबाङको शिवालय मन्दिर लगायतको अवलोकन गर्नपाइने महोत्सव आयोजक समितिका सरसफाई उपसमिति संयोजक सन्तोष सुबेदीले बताए ।
बाट:धौलाश्री
No comments:
Post a Comment
kushmabajar.blogspot.com