पर्वत, असोज १६ । उपभोक्ताको आयआर्जनमा वृद्धि गरी जीवनस्तर उकास्न्ो उद्देश्यले यहाँको एक साममुदायिक वनले फर्निचर उद्योग साचालनमा ल्याएको छ । सदरमुकाम कुश्माबजारसँगै जोडिएको पर्वतको दुर्लुङ्ग गाविसस्थित तारेभिर सामुदायिक वन उपभोक्ता समूहले फर्निचर उद्योग साचालनमा ल्याएको हो । दुर्लुङ्ग गाविसको ६ ८ र ९ वडाको २०० हेक्टर क्षेत्रफलमा फैलिएको वनमा साल र सल्लोलगायतका काठ पाइन्ो भएकाले उपभोक्ताले रकम सङ्कलन गरी फर्निचर उद्योग खोलेका हुन् ।
उपभोक्ताहरुबाट १२ लाख रुपैयाँ सङ्कलन गरी तारेभिर सामुदायिक फर्निचर उद्योगु साचालन गरेको सामुदायिक बनले जनाएको छ । वनमा रहेको काठ सदुपयोग गर्ने र निम्न आयस्रोत भएका उपभोक्तालाई जीविकोपार्जनमा सहयोग पुर् याउने उद्देश्यले फर्निचर उद्योग साचालन गरिएको हो । जिल्लाकै नमुना बनेको यो सामुदायिक वनले वनपैदावार निकासीबाट आम्दानी गर्न जिल्ला वन कार्यालय जीविकोपाजर्नका लागि वन कार्यक्रमको सहयोगमा फर्निचर उद्योग साचालन गरेको सदस्य शङ्कर गुरुङले जानकारी दिएका छन् ।
उद्योगले अहिले गाउँमा नै आवश्यक पर्ने खालका फर्निचर उत्पादन गर्दै आएको छ । १० जना कामदार रहेको उद्योगले उत्पादन गरेका फर्निचर छिमेकी गाविस र सदरमुकाम कुस्माबजारमा समेत बिक्री गर्ने लक्ष्य राखिएको गुरुङले बताए । "यसलाई सदरमुकाम र छिमेकी बजारमा पनि प्रतिस्पर्धा गर्ने उद्योगको रुपमा विकास गर्छौ ।" - उनले भने ।
उद्योग साचालनका लागि आवश्यक केही रकम जिल्ला वन कार्यालय पर्वतले अनुदानको रुपमा दिएपछि अहिले सबै रकम सामुदायिक वनले लगानी गरेको छ । समुदायका न्यून आय भएका उपभोक्तालाई ५० प्रतिशत सेयर र अन्य समूहका सदस्यलाई बाँकी सेयर बिक्री गरिने समूहका अर्का सदस्य बालकृष्ण शर्माले बताए । समूहमा रहेका ४८१ घरमध्ये आधाजसो न्यून आय भएका उपभोक्ता छन् । उद्योगले गर्ने मुनाफाको २० प्रतिशत वार्षिकरुपमा न्यून आय भएका सदस्यमाझु वितरण गरिने बताइएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com