नेपाली युनिकोड डाउनलोड पेज
नेपाली युनिकोडको प्रयोगबाट कुनै पनि कम्प्युटरमा फन्ट फाइललाई नराखिकन नेपाली भाषामा लेख्न वा पढ्न सकिन्छ । युनिकोडको प्रयोग संसारको प्राय सबै विकसित कम्प्युटर प्रविधि तथा स्मार्ट डिभाइसहरुमा भई सकेको छ । Windows XP भन्दा माथीको कुनै पनि Windows Operating System भएको कम्प्युटरले सजिलै नेपाली युनिकोडमा लेखिएको शब्दहरुलाई दुरुस्तै देखाउन सक्दछ । यदि तपाई नेपाली भाषामा लेख्नु हुन्न भने युनिकोड कम्प्युटरमा राखी राख्नु पनि पर्दैन । तर तपाईले लेखेको नेपाली शब्दहरु संसारको कुनै पनि कम्प्युटरमा फन्टफाइलको मद्दत विनानै देखाउन चाहनु हुन्छ भने युनिकोडको प्रयोग गर्नु पर्ने हुन्छ ।
नेपालमा नेपाली युनिकोडको विकास मदन पुरस्कार पुस्तकालयले गरेको हो । यसलाई विषेश गरेर २ तरिकाबाट विकासित गरिएको छ । यदि तपाई प्रिति, कान्तिपुर जस्ता नेपाली फन्टहरुको प्रयोग गर्नुहुन्छ भने नेपाली युनिकोडको Traditinal Keyboard Layout को प्रयोग लाभदायक हुन्छ । तर तपाई रोमनमा जस्तै (poKhara = पोखरा) लेख्न रुचाउनु हुन्छ र प्रिति, कान्तिपुर जस्ता फन्टको बानी परेको छैन भने Romanized Keyboard Layout को प्रयोग गर्ने सकिन्छ । दुबै Keyboard Layout र सम्बन्धित फाइलहरु तल डाउनलोड गर्नको लागी दिइएको छ ।
१. नेपाली युनिकोड ट्रेडिसनल लेआउट
(नेपाली युनिकोड ट्रेडिसनल लेआउट डाउनलोड)
२. नेपाली युनिकोड रोमनाइज्ड लेआउट
(नेपाली युनिकोड रोमनाइज्ड लेआउट डाउनलोड)
No comments:
Post a Comment
kushmabajar.blogspot.com