कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको आर्थर डाडाँखर्क का एक परिवार ले देखाए कस्तो हुन्छ चौरासी पुजा


 एक हजार पूर्ण चन्द्र देखेपछि बृद्धहरुले चौरासी पुजा लगाउने चलन छ । चौरासी पूजा धुमधामसंग गर्ने परम्परा छ । तर पर्वतको आर्थर डाडाँखर्क गाबिसका एक बृद्ध दम्पतीले चौरासी पुजामा खर्चिने रकम बिद्यालयमा अक्षयकोष स्थापना गरी जम्मा गरेका छन ।
आर्थर डाडाँखर्क गाबिस – ६ घर भै हाल पोखरा उपमहानगरपालिका रत्नचोकमा बस्दै आएका प्रेमबहादुर गुरुङ्ग र उनकी धर्मपत्नी बिष्णुकुमारी गुरुङ्गले चौरासी पुजाको दिन बिद्यालयमा औपचारिक कार्यक्रम गरेर १० लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् ।
चौरासी पुजामा लाखौ रुपैया खर्च गर्ने र धार्मिक बिधीबाट पुजा लगाउने गुरुङ्ग समुदायको पुरानो चलनलाई रोकेर शिक्षा क्षेत्रको बिकासमा खर्च गर्न अक्षयकोष स्थापना गरेको गुरुङ्गले बताए । अनावश्यक खर्च गर्ने प्रचलन तोड्न र सामाजिक काममा आफुँलाई अग्रसर गराउने चाहनाले बिद्यालयमा पुजाको दिन अक्षयकोष खडा गरेको बताए ।

Radio Didi Bahini FM 95.2 Kushma parbat

online radio didi bahini 95.2 mhz kushma parbat .......hot news of kushma parbat


 


नगद संकलन गर्न कठिनाई भएपछि आफै कुटो कोदालो बोकेर श्रमदानमा


 हिजोआज बिकासे काममा निशुल्क श्रमदान गर्न भनेपछि धेरैले वास्ता गर्दैनन तर पर्वतको उत्तरमा पर्ने शालिजा र लेकफाँट गाबिसका बासिन्दाहरु भने गाउँको सडक मर्मतका लागि दिनभर श्रमदानमा जुटेका छन् ।

धाइरिङ्ग गाबिसको मिलनचोक देखि म्याग्दीको राम्चे गाबिसको सिमाना सम्म पर्ने सडकमा नाली बनाउन गाउँलेले श्रमदान गर्न थालेका हुन ।

मिलनचोक– दोबिल्ला– लेकफाँट– शालिजा– ग्रामिण सडकको बिभिन्न खण्डमा ६ किलोमिटर कच्ची नाली खन्ने काम श्रमदानबाट गर्न लागिएको हो । बाटोमा नाली बनाउन श्रमदान गर्न लेकफाँट गाबिसको १, ७, ८ र ९ तथा शालिजा गाबिसको २, ३, ४, ५, ६ र ७ वडाका बासिन्दाले तीन तीन दिन श्रमदान गरेको सडक उपभोत्तवmा समितिका पुर्ब सचिब रेशमलाल सुबेदीले जानकारी दिए ।

सडक मर्मतका लागि जिल्ला बिकास समितिले बिनियोजन गरेको रकमको २० प्रतिशत उपभोक्ताले श्रमदान गर्नुपर्ने भएकाले ४ लाख बराबरको काम श्रमदानबाटै पुरा गर्न लागिएको छ ।

जिल्ला बिकास समितिले बिनियोजन गरेको २४ लाख रुपैया मध्ये १४ लाख ६५ हजारको २० प्रतिशत हुन आउने रकम पहिले नै उपभोक्ताले जम्मा गर्नुपर्नेमा यहाँका उपभोक्ताका बिचमा नगद संकलन गर्न कठिनाई भएपछि आफै कुटो कोदालो बोकेर श्रमदान गर्न निस्किएका हुन ।

आकर्षणको केन्द्रविन्दु बनेको छ सेतीवेनी

भवानी प्रसाद शर्मा
One of the tourism area of parbat district nepal
कालीगण्डकी र सेती खोलाको दोभानमा रहेको तिन अंचलका तीन जिल्ला पर्वत स्याङ्गजा गुल्मीको संगमस्थलमा पर्ने सेतीवेनी बजारमा विशाल कालो शिलाढुङ्गा रहेको छ । त्यहि कालो शिलाढुङ्गालाई अवलोकन गर्न आउनेहरु परापुर्व कालदेखी शालिग्राम शिला मान्दै आएका छन् । हिन्दुधर्म अनुसार शिलालाई भगवान् विष्णुका रुपमा पुजिन्छ ।

महाशिला पुज्नका लागि देशका विभिन्न ठाउँहरुबाट हरेक एकादशी औंशी सक्रान्ति लगायतका चाडपर्वमा धुमधाम मेला लाग्ने मात्र नभई धार्मिक आस्था राख्नेहरु दिनानुदिन आउँदछन् । कृष्णगण्डकी स्नान र शिलाको दर्शन गर्न आउँनेहरुका लागि मनको कौतुहलता शिला नै वन्ने गर्दछ ।
सदरमुकाम कुश्माबजार देखि फलेवास बाच्छा हुदै कालिगण्डकी तिरैतिर हिडेर एकदिनमा पुग्न सकिने सेतिवेनीको मिर्मीमा अर्को चासोको विषय कालिगण्डकी जलविद्युत् योजना रहेको छ । जलविद्युत योजनावाट वनेको मिर्मी जलाशयमा दैनिक वीस भन्दा वढी स्टिमर चल्ने गर्दछन् ।

धर्म नै विज्ञान हो विज्ञान अकाट्य छ । शालिग्राम महाशिला सगै रहेको शिव मन्दिरमा पुजा गर्न आउनेहरु शालिगा्रम महाशिलाको धार्मीकसास्कृतिक महत्व वारेमा विभिन्न पुराणहरुमा पहिला नै कालिगण्डकी थुनिएर ठुलो जलाशय हुने कुरा उल्लेख भएको वताउँछन् ।
ग्रन्थहरुमा उल्लेख गरिएको वर्णन अनुसार हाल कालिगण्डकी जल विद्युत परीयोजना संचालन हुनुले धर्म नै विज्ञान हो भन्न सहजै सकिन्छ । क्षेत्रमा ठुलो जलाशय हुने र जल यातायातबाट शालिगा्रम महाशिलाको दर्शनका साथै पुजापाठ गर्न दर्शानार्थीहरुको घुईचो लाग्ने कुराले पुराणमा उल्लेख गरिएको भनाईलाई पुष्टी गरेको छ ।
हिन्दु धर्मालम्विहरुले विशाल शिलाको पुजापाठ गर्दछन त विदेशी पर्यटकहरुले रमाउदै शिलाको फोटो खिचेर लैजाने गर्दछन् । गण्डकी अाचलको स्याङ्गजा लुम्विनी अाचलको गुल्मी धौलागिरी अंचलको पर्वत तिन अाचलका तिन जिल्लाको संगमस्थल सेतीवेणीको आफ्नै महत्व रहेको छ । यी जिल्लाहरुका दर्जनौ गाविसबासीहरुको साझा ईष्ट देवताको रुपमा रहेको शालिग्राम महाशिलामा विवाह ब्रतवन्ध लगायत समय समयमा लाग्ने मेलाले यस क्षँेत्रलाई शोभनीय वनाएको छ ।
अझै कालिगण्डकी ए जलविद्युत् परियोजना संचालनमा आएपछि बनेको जलासय र जलसयमा जलयातायत संचालन पछि सर्वसाधारणलाई सुविधा त मजदुरहरुलई रोजगार मिलेको छ । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको खण्डमा स्थानियबासी लाभान्वित हुने मात्र नभई मजदुरहरुको जिवन स्तर उकासीने वताउँछन स्टिमर यातयात संघका कोषाध्यक्षँ टिकाराम केसी
ऐतिहासीक शिला र जलाशयका कारण यहाका भौतिक संरचनाहरुलाई जोगाउन र संरक्षण गर्नुपर्ने अवस्था छ । दैनिक विस भन्दा वढी स्टिमर चल्ने यस क्षँेत्रमा वाग्लुङ्ग म्याग्दी पर्वत गुल्मी लगायत नेपाल अधिराज्य तथा विदेशी पर्यटकहरु महाशिलाको अवलोकनगर्ने गर्दछन् ।
दक्षिण पर्वतको शालिग्राम गाविसको सेतीवेणीदेखि स्याङजाको गल्याङसम्मको करिव सात किलोमीटर लामो जलाशयमा विगत ६ वर्षदेखि व्यावसायिक रुपमा जलयातायात संचालन हुदै आएको छ । नेपाल सरकारले यस्ता पर्यटकीय क्षेत्रका लागि राम्रो ध्यान पुर् याउन सके राज्यको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने वताउँछन् महाशिला तथा ताल संरक्षक समितिका अध्यक्षँ केशव पौडेल ।
पौडेलले राष्ट्रियहितको लागि ठोस कार्यनिती वनाउन सके पर्यटकीय क्षेत्रमा विकास गर्न कठिन नहुने दावी गर्दछन् । उक्त क्षेत्रलाई अहिले पनि न गाविस नत जिल्ला नै या त तीन अाचलका तीन जिल्लाहरुले कुनै रकम विनीयोजन गरेका छैनन् । त्यसैले सरकारले नै पर्यटकीय क्षेत्र घोषणा गर्न पौडेल लगायत स्थानीयवासीको माग छ । त्यसो त कालीगण्डकी वाट उठेको रोयल्टी पनि यस क्षेत्रलाई दिएको पाईदैन् उनको भनाई छ ।
जिल्लाकै अतिविकट मानिने दक्षिँणी भेगमा रहेका यस्ता प्राकृतीक सौन्दर्यलाई धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरे सर्वसाधारणलाई रोजगारी र आम्दानीको विकास हुने स्थानीयवासी रविदत्त भट्टराईको भनाई छ । विश्वविद्यालय र मेची महाकालीका मानिसहरु भ्रमण गर्न आउने यस ठाउमा सवैले चासो दिए हौसला वढ्ने उनको भनाई छ ।

Introduction Of Parbat District

अगन्धर तिवारी
पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार र कटुवाचौपारी शंकरपोखरी लगायतका गाविसलाई जोड्ने नेपालकै अग्लो भनेर दाबी गरिएको एक सय ४४ मिटर अग्लो झोलुङ्गेपुल यतिबेला आन्तरिक पर्यटकहरुका लागि पहिलो गन्तव्यका रुपमा विकास हुन थालेको छ ।

पुल हेर्न र मोदी खोला अलपेश्वर गुफा लगायतका मनोरम दृश्यको अवलोकन गर्न पुलमा बसेर तस्विर खिच्नका लागि वालवालिका बृद्धबृद्धादेखि नयाँ नयाँ प्रेमी प्रेमीकाहरुको समेत ओइरो नै लाग्नेगरेको स्थानीय व्यवसायी ढाकाराम गिरीले बताए ।

बिहान दिउँसो होस् या साँझको समय देशका बिभिन्न ठाउँबाट यहाँसम्म आएर पुलको बिचमा बसेर तस्बिर खिच्ने प्रेम जोडीहरुको यहाँ निकै भिड नै लाग्नेगरेको छ । कतिपय जोडीहरुले त यहि पुलमा बसेर फोटा खिचेर त्यसैलाई बिवाहको संकेतका रुपमा समेत लिएर आफ्ना तस्विरहरु इन्टरनेटको सामाजिक साजाल फेसबुकको पेजमा समेत सुरक्षित गर्नेगरेका छन् ।

पुल निर्माण भएपछि आसपासमा रहेको खाली क्षेत्रमा होटल तथा रेष्टुरेष्टहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धी हुनुका साथै पुलदेखि करिव एक किलोमिटर टाढासम्मको जमिनको मुल्यमा पनि दश बिसौं गुणा बृद्धी भएको स्थानीय होमबहादुर बिकले बताए । पुल हेर्नकै लागि मात्रै म्याग्दी बाग्लुङ कास्की लम्जुङ तनहुँ नवलपरासी काठमाण्डौं चितवन लगायत मुलुकभरिका सबै जिल्लाबाट दैनिक सयौंको संख्याका सर्वसाधारणहरु आउनेगरेका उनले बताए ।

‘बिभिन्न सन्चार माध्यमहरुले पुलका बारेमा निकै चर्चा गरेका थिए ।’ पुल हेर्नका लागि म्याग्दीबाट आएका कुशल पौडेलले भने – ‘यहाँ आइसकेपछि साचार माध्यममा वर्णन गरेको भन्दा असंख्य बढि मनै लोभिने दृश्यहरु हेर्न पाएं …।’

कुश्मा ज्ञाँदी झोलुङ्गे पुल पर्यटकिय हिसावले मात्रै नभएर विकासको हिसावले पनि निकै महत्वपुर्ण मानिएको छ । करिव एक घण्टाको पैदल यात्रा गर्नुपर्ने बाटो पाँच मिनेटमा छोटिएपछि पुलले प्रत्यक्ष फाइदा पुग्ने कटुवाचौपारी शंकरपोखरी मुडिकुवा पिपलटारी कार्कीनेटा थापाठाना लगायतका दर्जनबढी गाविसका साथै स्याङ्जा जिल्लाका बासीन्दालाई समेत सहज भएको छ ।

‘राज्यको बिभाजन भौगोलिक कि जातिय आधारमा’ बारे पर्वतमा जनमत संग्रह

प्रकाश पौडेल, पर्वत, जेठ ३ । राष्ट्रिय अखण्डता र जातिय सदभावका लागि ब्राम्हण क्षत्री, दशनामी, ठकुरी, दलितलाई आदिबासी घोषणा गर्नुपर्ने लगायतका मागहरु राख्दै आन्दोलनमा उत्रेको संयुक्त संघर्ष समिति पर्वतले आज शिबालय चोकमा राज्यको बिभाजन भौगोलिक आधारमा कि जातिय आधारमा भन्ने बिषयमाजनमत लियो ।पर्वत सदरमुकामका बिभिन्न भागहरुमा लिईएको जनमतमा जम्मा ६६२ जनाले भाग लिएका (मतदान गरेका) थिए । राज्यको बिभाजन भौगोलिक आधारमा हुनुपर्छ भन्ने पक्षमा ६०५ र त्यस्को बिपक्षमा २६ मत परेको र ३१ मत बदर भएको संघर्ष समितिका उपाध्यक्ष युगनाथ रेग्मीले जानकारी दिए ।

बाघको बिगबीगी



मनोज बस्नेत, गुल्मी असोज, १६–केहि महिना देखि गुल्मीको हुँगामा वाघको बिगबिगीले अझै छाडेको छैन् । बाघ वस्ति नजिकै बारीमा बस्ने, गोठहरुमा सुत्ने तथा दिउँसोकै समयमा घर घरमा हिंडने गर्दा स्थानीय वासिन्दा त्रसिद बनेका छन् । दिउँसोकै समयमा बाघ वस्तिमा हिंड्न थालेपछि घरमा बालबच्चा छाडेर टाढा टाढा जान र नजिकैको बारीमा समेत घाँस, दाउराका लागि जान डर हुँदै गइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । अहिलेसम्म हुँगा गाविसमा मात्र बाघले ३० ओटा भन्दा बढी घरपालुवा जनावरमाघि आक्रमण गरिसकेको छ । पछिल्लो समयमा पनि बाघको बिगबिगी झन बढेको सहकर्मी सौगात सागर भण्डारीले जानकारी दिनुभएको छ ।

वार्ड नम्बर एक नम्बर १



मनोज बस्नेत, गुल्मी असोज, १६–वडा दशैको अवसरमा तुफान परिकल्पना युवा क्लब मुसीकोट गुल्मीले आयोजना गरेको मुसिकोट गाविस वार्ड स्तरीय भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । मुसिकोट ५ देउरालीको खेल मैदानमा भएको प्रतियोगितामा मुसिकोट गाविसको बार्ड नम्ंबर १ प्रथम र वार्ड ८ द्धितीय भएका छन् । ६ ओटा समुहको प्रतिष्प्रधाबाट हिजो फाईनलमा प्रवेश गरेका वार्ड नम्बंर १, ५ र ८ फाईनल बिचको फाईलन खेल आज भएको हो ।
कार्यक्रममा प्रतियोगिताका प्रथम र द्धितीय हुने समुहलाई पुरस्कारले सम्मान गरिएको छ । खेल हिजोँ देखि सुरु भएको हो । मुसिकोट गाविस उपाध्यक्ष अर्जुन पुरीको प्रमुख आतिथ्यता, तुफान परिकल्पना युवा क्लबका अध्यक्ष मदन घिमिरेको अध्यक्षता रहेको प्रतियोगिताको सञ्चालन सचिव बसन्त अधिकारीले गर्नुभएको सहकर्मि कृष्ण भट्टराईले जानकारी दिनुभएको छ ।

बार्षिकोत्सवको अवसरमा बिभीन्न कार्यक्रम सम्पन्न




मनोज बस्नेत, गुल्मी असोज, १६–स्वतन्त्र जनपक्ष युवा क्लव धुर्कोट रजस्थल गुल्मीको दोस्रो वार्षिकोत्सव बिभीन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । बार्षिक उत्सवको अवसरमा घैटोफोर प्रतियोगिता लगाएत बिभीन्न व्यातित्वलाई सम्मान कार्यक्रम गरिएको हो । घैटोफोर प्रतियोगितामा प्रथम हुनुभएको रजस्थल गाविस वार्ड नम्ंबर ७ का यम बहादुर महतलाई पुरस्कार प्रदान गरिएको छ ।

समाजसेवि सम्मान अन्तर गत गाविसको वार्ड नम्बंर ७ कै समानसेवि भेष बहादुर खत्रि, जेष्ठ नागरिक सम्मानबाट सोही ठाउँका ९२ बर्षिय मनकउला पराजुलिलाई सम्मान गरिएको छ । त्यस्तै २०६७ सालको एसएलसी परिक्षामा गाविसको वार्ड ७ बाट उत्कृष्ट अकं ल्याउने बिद्यार्थी सम्मान अन्तरगत धुर माध्यामिक बिद्यालय रजस्थलबाट ६६ दशमलव ६७ प्रतिशत अकं प्राप्त गर्ने शर्मिला केसी र ईन्दिरा माध्यामिक बिद्यालय रजस्थलबाट ६२ दशमलब ३७ प्रतिषत अकं ल्याउने विवश पाण्डेलाई प्रमाण पत्र र पुरस्कारले सम्मान गरिएको छ ।

कार्यक्रममा स्थानीय समाजसेवीहरु कृष्ण बहादुर नेपाली, युवराज पाण्डे, देविस्थान प्राथमिक बिद्यालयका शिक्षीका बिष्णु खड्का लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहिद शम्सेर बहादुर खत्रिका छोरा गोपाल खत्रिको प्रमुख आतिथ्यता, स्वतन्त्र जनपक्ष युवा क्लवका अध्यक्ष लोक बहादुर केसीको अध्यक्षता, सदस्य कृष्ण बहादुर केसीको स्वागत मन्तव्य र सचिव बिष्णु कुवंरको सञ्चालनमा सम्पन्न भएको हो ।


घरघरमा फुलपाति भित्रयाईयो



मनोज बस्नेत, गुल्मी असोज, १६– हिन्दू धर्मालम्बिहरूको महानपर्व विजया दशमीको आज सातौँ दिन, घर–घरमा पूmलपाती भित्र्याईएको छ । घटस्थापनाको दिन जमरा राखेको दसैं घरमा आज साँझ उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलपूmलका पालुवालाई शुभ साईतको प्रतीकका रुपमा भित्र्याउने चलन छ । साथै गुल्मी लगाएत देशभरिका देवी मन्दीर तथा सेना र प्रहरीका गण गुल्मीमा पनि पूmलपाती भित्र्याईएको छ ।

गुल्मी जिल्लाका मुसिकोट, घमिरकोट, धुर्कोट, खड्ककोट, वामिकोट, इस्माकोट लगाएतका देवि मन्दिरमा फुल पाती भित्रयाईएको हाम्रा सहकर्मीहरुले जानकारी दिनुभएको छ । यसैबीच घटस्थापना देखि दसैं शुरु भएपनि आज भने दशैको चहल पहल अझै बढेको छ । गुल्मीको तम्घासमा दसैंका लागि घर फर्कनेहरू भीड बाक्लो देन्थ्यिो । आज देखि सरकारी कार्यालयहरु पनि बन्द भएका छन् ।


साममुदायिक वनले फर्निचर उद्योग साचालनमा


पर्वत, असोज १६ । उपभोक्ताको आयआर्जनमा वृद्धि गरी जीवनस्तर उकास्न्ो उद्देश्यले यहाँको एक साममुदायिक वनले फर्निचर उद्योग साचालनमा ल्याएको छ । सदरमुकाम कुश्माबजारसँगै जोडिएको पर्वतको दुर्लुङ्ग गाविसस्थित तारेभिर सामुदायिक वन उपभोक्ता समूहले फर्निचर उद्योग साचालनमा ल्याएको हो । दुर्लुङ्ग गाविसको ६ ८ र ९ वडाको २०० हेक्टर क्षेत्रफलमा फैलिएको वनमा साल र सल्लोलगायतका काठ पाइन्ो भएकाले उपभोक्ताले रकम सङ्कलन गरी फर्निचर उद्योग खोलेका हुन् ।

उपभोक्ताहरुबाट १२ लाख रुपैयाँ सङ्कलन गरी तारेभिर सामुदायिक फर्निचर उद्योगु साचालन गरेको सामुदायिक बनले जनाएको छ । वनमा रहेको काठ सदुपयोग गर्ने र निम्न आयस्रोत भएका उपभोक्तालाई जीविकोपार्जनमा सहयोग पुर् याउने उद्देश्यले फर्निचर उद्योग साचालन गरिएको हो । जिल्लाकै नमुना बनेको यो सामुदायिक वनले वनपैदावार निकासीबाट आम्दानी गर्न जिल्ला वन कार्यालय जीविकोपाजर्नका लागि वन कार्यक्रमको सहयोगमा फर्निचर उद्योग साचालन गरेको सदस्य शङ्कर गुरुङले जानकारी दिएका छन् ।

उद्योगले अहिले गाउँमा नै आवश्यक पर्ने खालका फर्निचर उत्पादन गर्दै आएको छ । १० जना कामदार रहेको उद्योगले उत्पादन गरेका फर्निचर छिमेकी गाविस र सदरमुकाम कुस्माबजारमा समेत बिक्री गर्ने लक्ष्य राखिएको गुरुङले बताए । "यसलाई सदरमुकाम र छिमेकी बजारमा पनि प्रतिस्पर्धा गर्ने उद्योगको रुपमा विकास गर्छौ ।" - उनले भने ।

उद्योग साचालनका लागि आवश्यक केही रकम जिल्ला वन कार्यालय पर्वतले अनुदानको रुपमा दिएपछि अहिले सबै रकम सामुदायिक वनले लगानी गरेको छ । समुदायका न्यून आय भएका उपभोक्तालाई ५० प्रतिशत सेयर र अन्य समूहका सदस्यलाई बाँकी सेयर बिक्री गरिने समूहका अर्का सदस्य बालकृष्ण शर्माले बताए । समूहमा रहेका ४८१ घरमध्ये आधाजसो न्यून आय भएका उपभोक्ता छन् । उद्योगले गर्ने मुनाफाको २० प्रतिशत वार्षिकरुपमा न्यून आय भएका सदस्यमाझु वितरण गरिने बताइएको छ ।

दसैंमा पेट्रोलियम पदार्थ अभाव नहुने


काठमाडौं, आश्विन १६ - आयल निगमले पेट्रोल पम्पमा आइतबार उपभोक्ताको लामो लाइन देखिए पनि दसैंमा पेट्रोलियम पदार्थ अभाव नहुने जनाएको छ ।
'हामीले मागभन्दा बढी पेट्रोलियम पदार्थ वितरण गरिरहेका छौं,' निगम प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले भने, 'शनिबार सार्वजनिक बिदा परेको र दसैंको चापले गर्दा आइतबार पेट्रोल केही अभावजस्तो देखिन गएको हो ।' उनले दसैं बिदामा पेट्रोल पम्प बन्द हुने ठम्याइका कारण उपभोक्ताले बढी पेट्रोल भर्दा चाप परेको बताए । 'उपत्यका बाहिर जाने सवारी साधन बढेकाले पनि तत्काल पेट्रोलको खपत बढेको हो,' उनले भने, 'त्यस्तो चाप भोलिपर्सि घटिहाल्छ ।'
निगमले शुक्रबार थानकोट डिपोबाट ४ लाख ६८ हजार लिटर र अमलेखगन्ज डिपोबाट ८४ हजार लिटर गरी काठमाडौं उपत्यकामा ५ लाख ५२ हजार लिटर पेट्रोल वितरण गरेको थियो । शनिबार सार्वजनिक बिदा भए काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा अमलेखगन्ज डिपोबाट ४८ हजार लिटर पेट्रोल आएको थियो । 'आज (आइतबार) हामीले काठमाडौं उपत्यकाका लागि थानकोट डिपोबाट करिब ६ लाख लिटर र अमलेखगन्ज डिपोबाट १ लाख लिटर पेट्रोल वितरण गरेका छौं,' प्रवक्ता ढुंगेलले भने, 'भोलि कम्तीमा ४ लाख लिटर वितरण गछौ+ ।'
दसैंका बेला अष्टमीदेखि ४ दिन निगम बन्द रहने उनले बताए । त्यसबेला सवारी साधनको चाप स्वात्तै घट्ने भएकाले पेट्रोलको अभाव नहुने उनका भनाइ छ । हाल काठमाडौं उपत्यकामा दैनिक २ देखि अढाई लाख लिटर पेट्रोलको माग छ । डिजेल भने पर्याप्त मात्रामा वितरण गरिरहेको ढुंगेलको भनाइ छ । निगमले हालसम्म करिब ८३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ भारतीय आयल निगम (आइओसी) सँग उधारोमा लिएको छ । निगमले चाडबाडका बेला पेट्रोलियम पदार्थ कटौती नगर्न आग्रह गरेपछि आइओसीले उधारोमा पेट्रोलियम पदार्थ दिएको हो ।

दशैंको समयमा अक्षताको अभाव


राजेन्द्र न्यौपाने, गोरखा, असोज १६ ।
जिल्लाको उत्तरी सात गाउँ विकास समितिमा  दशैंको समयमा अक्षताको अभाव भएको छ । यहाँका बासिन्दाहरु सँधै मकैको ढिडो, सिस्नु र जौंको ढिडो खाने गर्दछ । जिल्लाको सिर्दीवास, सामागाउँ, विही, प्रोक, ल्हो, चुम्चेत, छेकम्पारमा चामल अभाव भएको हो । पन्ध्र दिन अगाडि सिर्दीवास डिपोबाट प्रति परिवार १५ केजीका दरले चामल वितरण गरिएको भएपनि सिर्दीवासका गाउालेहरुले मात्र चामल पाएको छेकम्पाबारबाट शिक्षक घ्युर्मे लामाले बताए ।
सरकारी चामल नआउदा यहाँका गाउलेहरु स्थानीय उत्पादनमा निर्भर रहेपनि सरकारी चामल आउन थालेपनि ब वर्षेनी यस क्षेत्रमा खाद्यन्न संकट हुने गरेको स्थानीय जानकारहरु बताउँछन् । खाद्य संस्थान गोरखा शाखाले दशैं अघि नै चामल डुवानी गर्नुपर्ने भएपनि टेण्डर प्रक्रिया पूरा नभएको भन्दै ढिलाई गर्दै आएको छ । यहााका गाउाहरुमा साउन महिना देखि नै चामल अभाव रहेको बुद्ध मा.वि.का शिक्षक रमेश पोखरेलले बताए ।
स्थानीय नीजि पसलहरुमा मोटा चामल प्रतिकेजी रु ७० मा पाउने गरेपनि त्यो पनि पाउन नसकिएको सीर्दीबासबाट डिल बहादुर गुरुङले बताए । देशभरीबाट जम्मा भएका जडिबुटि बोक्न खच्चडहरु प्रयोग भएछ , यसकारण यहा चामल ढुवानी हुन सकेको रहेन्छ भन्दै उनले भर्खर आफु गोरखाबाट गाउँ पुगेपनि गाउको स्थिति अति नाजुक रहेको जानकारी दिए । होटलहरुमा पर्यटकहरुलाई खाना दिन समेत नसकिएको ठाकुर दोर्जेले बताए । यातायात, खानेपानी, स्वास्थ्य सेवा र सञ्चार सेवा राम्रो नभएको यस क्षेत्रका नागरिकहरुले बर्षेनी खाद्य संकटको मार खेप्नु परिरहे पनि कसैको चासो जान सकेको छैन । समयमा नै त्यस क्षेत्रमा चामल ढुवानी गरिदिन स्थानीय गाउँलेहरुले माग गरेका छन् ।
खाद्य संस्थान गोरखाका प्रमुख भोजराज पाण्डेयका अनुसार दशैं तिहार पछाडि मंसिर महिना भित्रमा प्रक्रिया पुग्यो भने यो वर्षको चामल ढुवानी हुने सम्भावना छ । उत्तरी गोरखाका मानिसहरु कति महिना सम्म खोले र सिस्नुमा भर पर्नुपर्ने हो त्यो थाहा छैन भने सरकारी निकायका कामहरुले यहाँ नागरिकहरुलाई राज्य विहीनको अवस्थामा पुर्‍याएको छ । जिल्ला सदरमुकामकाबाट ६ दिन देखि ९ दिन सम्मको दुरीमा यस क्षेत्र पर्दछ । तीन दिनको यात्रामा पुग्न सकिने तिब्बती नाका पनि बन्द रहेका कारण खाद्य संकट चरम अवस्थामा पुगेको हो । यहाँको जौ उत्पादनमा विगत चार वर्ष देखि रोगका कारण भारी गिरावट भएको छ । यहाँका गाउँलेहरुले अक्षताका लागि भएपनि चामलको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

श्रमजिवि पत्रकारद्वारा रेडीयो मिर्मिरेमा तालाबन्दी


काठमाडौं, असोज १६ ।नेपाल पत्रकार महासंघ मिर्मिरे शाखामा आवद्ध श्रमजिवि पत्रकारहरुले राजधानीको मिर्मिरे एफ एममा तालाबन्दी गरेका छन् । रेडियोको ब्यवस्थापन पक्षले पत्रकारलाई आफ्नो अनुकुल समाचार लेख्न बाध्य बनाउने, मजदुरहरुलाई अनावश्यक रुपमा मानसिक तनाव दिने र तलब नदिने गरेका कारण तालाबन्दी गरिएको बताइएको छ । पत्रकार महासंघ मिर्मिरे शाखाका अध्यक्ष श्रीधर न्यौपानेले विज्ञप्ती निकालेर रेडियो मिरिमिरेमा तालाबन्दी गरिएको जानकारी दिएका छन् ।
श्रमजिवी पत्रकारको पक्षमा कुरा गरेकै आधारमा पत्रकारहरुलाई निश्काशन गरिएको, ब्यवस्थापन पक्षको दवाव अस्विकार गर्दा समाचार सम्पादक रामकृष्ण शर्मालाई निश्काशन गरेको, श्रीधर न्यौपाने र विनोद घिमिरेलाई रेडियो छोड्न बाध्य बनाएको तथा कार्यक्रम संयोजक कल्पना विसुराल र रिपोर्टिङ शाखा प्रमुख बबिन शर्मालाई गत माघदेखि तलब नदिएको विज्ञप्तीमा लेखिएको छ । राजनीतिक परिस्थितिसाग जोडेर आफ्नो अनुकुल बाहेकका समाचार प्रसारण गर्न नदिने, प्रत्यक्ष कार्यक्रम चलिरहेका बेला विचैमा फोन लाइन काटिदिने, सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजिविहरुलाई दशैं पेश्की समेत नदिने लगायतका अन्याय गरेकोले आफुहरु आन्दोलत हुन बाध्य भएको महासंघको विज्ञप्तीमा लेखिएको छ ।
यस्तै रेडियो सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटालाई विना जानकारी सञ्चार प्रतिष्ठानबाट हटाएर बैंकको खाता समेत एकपक्षीय रुपमा आफ्नो अनुकुलका ब्यक्तीका नाममा हस्तान्तरण गरिएको दावी गर्दै आवश्यक कारवाही गर्न नेपाल पत्रकार महासंघसाग सहयोग मागिएको छ । पत्रकारहरुको तालाबन्दीका कारण रेडियो मिरमिरेको प्रसारण आजदेखि बन्द भएको छ ।
नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठान शाखाका अक्ष्यक्षद्वारा जारी प्रेस बिज्ञप्ती
नेपाल पत्रकार महासंघ
रेडियो मिर्मिरे प्रतिष्ठान शाखा
प्रेस विज्ञप्ति
मितिः२०६८/६/१६
‘सबै मजदुर सबै मालिक’ भन्ने अवधारणा सहित मेचीकाली सञ्चार प्रालिद्धारा गत २०६४ सालदेखि प्रसारण हुँदै आएको रेडियो मिर्मिरे ८९.४ मेगाहर्जमा केही समययता ब्यवस्थापकीय पक्षमा देखा परेको आन्तरिक द्धन्द्धको कारण मालिक र मजदुरकाबीचमा मतभेद सिर्जना मात्र नभइ श्रमजिवी पत्रकारहरुले पाउनुपर्ने पारिश्रमिक समेत नपाएको एवम् काम गर्ने वातावरण नभएको बेहोरा जानकारी गराउँदछौं ।
रेडियो मिर्मिरे सञ्चार प्रतिष्ठानमा आफ्नो अनुकुल समाचार लेख्न पत्रकारलाई बाध्य बनाउने र मजदुरहरुलाई अनावश्यक रुपमा मानसिक तनाव दिने, ब्यवस्थापन पक्षको प्रेस स्वतन्त्रता विरोधी उक्त कुरा अस्विकार गर्दा समाचार सम्पादक रामकृष्ण शर्मालाई निश्काशन गरेको, श्रीधर न्यौपाने र विनोद घिमिरेलाई रेडियो छोड्न बाध्य बनाएको तथा कार्यक्रम संयोजक कल्पना विसुराल र रिपोर्टिङ शाखा प्रमुख बबिन शर्मालाई गत माघदेखि तलब नदिइ काम गर्ने वातावरण नबनाएकाले हामी हाम्रा माग पुरा नभएसम्म रेडियो मिर्मिरे ८९.४ मेघाहर्जमा आन्दोलन गर्न बाध्य भएका छौं ।
राजनीतिक परिस्थितिसाग जोडेर आफ्नो अनुकुल बाहेकका समाचार प्रसारण गर्न नदिने प्रत्यक्ष कार्यक्रम चलिरहेका बेला विचैमा फोन लाइन काटिदिने, सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजिविहरुलाई नेपालीको पर्व दशैंका बेला समेत पेश्की नदिइ काम गर्ने वातावरण झनै प्रतिकुल बनाएको तथा समाचार विभागमा उक्त अनुदार पक्षले अनावश्यक हस्तक्षेप गरेको ब्यहोरा जानकारी गराउादछौं । काम गर्ने वातावरणका लागि पटक पटक गरिएका संबाद, छलफललाई अनुदार ब्यवस्थापन पक्षले पटक्कै ध्यान नदिएकाले आजका मितिदेखि रेडियो मिरमिरेमा अनिश्चितकालीन तालाबन्दी गरेका छौं ।
ब्यवस्थापनमा नै रहेर पनि श्रमजिवी पत्रकारको पक्षमा उभिएका रेडियो सञ्चालक समितिका अध्यक्ष विष्णु सापकोटालाई विना जानकारी सञ्चार प्रतिष्ठानबाट हटाइ बैंकको खाता समेत एकपक्षीय रुपमा आफ्नो अनुकुलका ब्यक्तीका नाममा हस्तान्तरण गरेका छन् । उपरोक्त विषयमा कारवाहीका लागि नेपाल पत्रकार महासंघबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौं ।
………………..
श्रीधर न्यौपाने
अध्यक्ष

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा हितमान गुरुङ

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा पर्बत जिल्लाको भूक देउराली बाट हाल फार्नबोरो बेलायत बस्ने वर्तमान युरोपियन क्षेत्रीय संयोजक रि. क्याप्टेन हितमान गुरुङ, ओबिईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन। उनले एनआरएन सामु उपस्थित चुनौतीहरुसंग जुध्दै थप उपलब्धिहरु प्राप्त गर्ने दिशामा आफ्नो लामो अनुभवले ठूलो भूमिका खेल्ने विश्वासका साथ विभिन्न कुराहरु पुरा गर्ने प्रण गर्दै एक अपिल जारि गरेकाछन। अपिलको पूर्ण अंश।एनआरएन उपाध्यक्षमा उम्मेदवारी घोषणा

३ अक्टोवर २०११
मेरो अपील 
‘हाम्रो सञ्जाल, हाम्रो पहिचान: समृद्ध नेपाल' नाराका साथ पांचौं गैरआवासीय नेपाली सम्मेलन काठमाडौंमा अक्टोबर १२ देखि १४ सम्म हुन लागेको सर्वविदितै छ। यस अभियानले आठ बर्ष पुरा गरी नैा बर्षमा प्रवेश गर्दैछ। विश्वभरि छरिएका नेपालीहरुको अथक प्रयास र मेहेनतले हाम्रो अभियान अहिले सशक्त संगठनको रुपमा चट्टान जस्तै भएर उभिएको छ। यस अवधिमा गैरआवासीय नेपालीहरुले महत्वपूर्ण सफलता समेत हात पारेका छन्। गैरआवासीय नेपालीहरुको पहिचान, विश्वभरिका ५७ देशमा स्थापित संजाल, विश्व भरी छरिएर रहेका नेपालीहरु बीचको भाईचारा, लगानी र सामाजिक क्षेत्रमा हामीले पुर्याएको योगदान आदि यस अवधिका हाम्रा प्रमुख उपलब्धि हुन्।

विदेशमा बस्ने नेपालीहरुले पठाएको रेमिटान्सले देशको आर्थिक अवस्था धानिएकोमा दुई मत छैन। पर्यटन क्षेत्रमा पनि विभिन्न गैरआवासीय नेपालीहरुले योगदान पुराएका छन्। नेपाली नागरिकता बचाऊ आन्दोलन उचाईमा पुगेकोछ। एनआरएन स्थापनकाकालदेखि यस अभियानमा मैले गौरवका साथ काम गर्ने अवसर पाएँ । गैरआवासीय नेपालीसंघ अन्तर्राष्ट्रिय सदस्य देखि युरोप संयोजक तथा दोहोरो नागरिकताको टास्कफोर्समा रहंदा मैले धेरै कुरा सिक्ने मौका पाएँ। हाल सम्म भएका प्राय सबै विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन तथा महत्वपूर्ण बैठकहरुमा सहभागी भई विश्वभरी रहेका नेपालीहरुका समस्यालाई नजीकबाट बुझ्ने मौका मिल्यो। मेरा यीनै अनुभवलाई मद्देनजर गर्दै आगामी सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। हाम्रा सामु उपस्थित चुनौतीहरुसंग जुध्दै थप उपलब्धिहरु प्राप्त गर्ने दिशामा मेरो अनुभवले ठूलो भूमिका खेल्ने मैले विश्वास लिएको छु। तपाईहरुको विश्वास तथा माया पाएर उपाध्यक्ष पदमा निर्वाचित हुने अवसर पाएं भने मैले निम्न कुराहरु पुरा गर्ने प्रण गर्दछु। 

१. नेपालको विकास लागि विदेशमा रहेका नेपालीको सीप र साधनको परिचालन गरी समृद्ध नेपाल बनाउने अभियानमा पूर्णरुपमा लागि पर्ने छु। त्यस्तै देशमा राजनैतिक क्रान्ति पछि आर्थिक क्रान्तिको आवश्यकता रहेकाले एनआरएनएले उठाउंदै आएको सामूहिक लगानी कोष स्थापना गर्ने प्रस्तावलाई कार्यान्वयन गर्न अब ढीलाइ गर्नु हुंदैन भन्ने मान्यताका साथ अगाडि बढ्नेछु। 

२. मध्यपूर्व, मलेसिया लगायतका देशमा रहेको वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधानका लागि सम्वन्धित क्षेत्रका साथीहरुसंग सहकार्य गरी अगाडी बढ्नेछु। 

३. नयाँ बन्ने संविधानमा ‘विदेशी नागरिकता लिंदा नेपालको नागरिकता रद्द नहुने’ हाम्रो मागलाई सुनिश्चित गर्न सशक्त रुपमा लाग्नेछु। 

४. गैरआवासीय नेपालीहरुको अभियानलाई राजनीतिक, धार्मिक, क्षेत्रियता, जातियता भन्दा माथि उठेर सबैको साझां संस्थाको रुपमा विकसित गर्न र “नेपालका लागि नेपाली” भन्ने नारालाई यथार्थमा परिणत गर्न पहल गर्ने छु। 

५. गैरआवासीय नेपाली सघंको स्थापनाकाल देखि सकृय साथीहरुलाई उच्च सम्मान गर्दै उहांहरुको अनुभवलाई परिचालन गरी संस्थागत विकासमा जोड दिने छु। 

६. गएको केही वर्षयता बेलायत सरकारको निर्णय पछि बेलायतमा स्थायी बसोबासकालागि आउनुभएका भूपू गोर्खा सैनिक तथा उहांहरुले भोग्नुपरेका समस्याका बारेमा संबन्धित सबै पक्षसंग पहलगरी समाधान खोज्न सकृय रहनेछु।

७. विभिन्न पेशा तथा व्यवसायमा संलग्न गैरआवासीय नेपालीहरुबीच भाइचाराको अभिवृद्धि गर्दै विश्वभरि छरिएका नेपाली स्रष्टा तथा कलाकारहरुको सृजनशीलतालाई अघि बढाउन उपयुक्त वातावरणको निर्माणका साथै उहांहरुको योगदानको कदर गर्ने वातावरण बनाउन पहल गर्नेछु।

८. नेपाल बाहिर नेपाली भाषा, कला, संस्कृति तथा पहिचानको जगेर्ना तथा प्रवर्द्धन गर्नकालागि “नेपाली घर” निर्माण गर्न गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समितिहरुले अगाडि बढाएको अभियानलाई सफल पार्न लागि पर्नेछु।

९. गैरआवासीय अभियानमा नयाँ पुस्तालाई सहभागी गराउदै उनीहरुको नेपालसंगको सामीप्यता बढाउन पहल गर्ने छु।

अन्त्यमा, गैरआवासीय नेपाली अभियानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै आगामी दिनमा अझ बलियो र सशक्त संस्था निमार्ण गर्ने मेरो अभियानमा साथ दिनु हुने छ भन्ने पूर्ण विश्वास लिएको छु। 

धन्यवाद!

क्याप्टेन हितमान गुरुङ, एम्. बि. इ.

एनआरएनए, यूरोप संयोजक 

तथा एनआरएनए आइसिसिको उपाध्यक्ष पदका लागि उम्मेदवार

दशैंको चहलपहलले छोएन बृद्धाश्रमलाई



अगन्धर तिवारी
म्याग्दी, १६ असोज
हिन्दुहरुको महान पर्व बिजयादशमी पर्व सबैको घरआँगनमा भित्रिइसकेको छ । यस पर्वका लागि प्राय सबै नेपालीहरुले आ–आफ्नो गच्छेअनुसार धुमधामका साथ मनाउने जमर्को गरिरहेका छन् ।

दशैं पर्व असत्यमाथी सत्यको बिजयउत्सवका रुपमा लिइ हिन्दुहरुले १५ दिनसम्म निकै धुमधामका साथ मनाउने प्रचलन रहेको छ । चाडपर्वहरुले धनी, गरिव, बालक, बृद्ध केहि भन्दैन यो सबै तह, वर्ग र क्षेत्रमा उत्तिकै महत्वका साथ भित्रिएको मानिन्छ । तर म्याग्दीको गलेश्वरमा रहेको बृद्धाश्रममा बस्दै आइरहेका करिव ७० जना बृद्धबृद्धाहरुका लगि भने दशैंको रौनकले कत्ति पनि छुनसकेको छैन ।

दशैं पर्व कसैका लागि साच्चिकै उत्सव, उल्लास र एकताको संगमका रुपमा रहन्छ भने कसैका लागि दसा र निरासाको पर्वका रुपमा पनि रहेको पाइन्छ । त्यस्तै निरासा र दसाको पर्वका रुपमा दशैं विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि आएको र यसले आँफुहरुमा कुनै प्रभाव नपार्ने उनिहरुले बताए । ‘हरेक ३६५ दिनमा एकपटक दशैं घुम्दैफिर्दै आइपुग्छ ।’ बृद्धाश्रममा आश्रय लिइरहेकि ७८ वर्षिया भवानी पुर्जाले भनिन् । गलेश्वरको बृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुमा भने न त बिगतमा आउने कुनै दशैंले सकारात्मक प्रभाव पारे न त यसपालीको दशैंले नै कुनै प्रभाव पार्न नै पार्न सकेको छ ।

त्यहाँका बृद्धबृद्धाहरुकाृ दैनिकीमा दशैं तिहार जस्ता महान पर्व होस् चाहे अन्य जुनसुकै दिन नै किन नहोस् । साँझबिहान दुइछाक टार्न समेत गलेश्वर शिबजीको आसिर्वाद थाप्नेहरुका लागि कुनै पनि पर्वले केहि असर नपार्ने उनिहरुले बताए ।

यहाँ रहेका करिव ७० जना बृद्धबृद्धाहरुका लागि दशैं अन्य दिनजस्तै सामान्य दिनका रुपमा व्यतित भइरहेका छन् ।

परिवारमा अवहेलना भएर होस् या वास्तविक जिवनदेखि निरास भएर, जुनसुकै अवस्थाबाट भएपनि त्यहाँ बसोबास गर्नु बाध्यता रहेका बृद्धबृद्धाहरुका लागि न त परिवार अनि समाजका कुनै वर्गले चाडपर्व बिशेष रुपमा मनाउने अवसर दिएको छ न त राज्यले नै कुनै राहत नै उपलब्ध गराएको नै छ ।

समाज अनि राज्यले सम्मान गर्नुपर्ने सम्मानित व्यक्तिहरुका रुपमा रहेका बृद्धबृद्धाहरुका लागि चाडपर्वले कुनै असर नपारेको उनिहरुको भनाइ र त्यहाँको अवस्थाले नै प्रस्टै पारेको छ ।

दशैंलाई मान्यजनको हातबाट टिका र मुखबाट आसिर्वात लिने पर्वका रुपमा पनि लिइन्छ । त्यहाँका बृद्धबृद्धाहरुका लगि राज्यले नै बिषेस व्यवस्था गरिदिनुपर्ने स्थानीय कृष्णप्रसाद पौडेल बताउँछन् ।

राज्यले जेष्ठ नागरिकका लगि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको भएपनि त्यहाँ बस्ने कतिपयको नागरिकता समेत नभएका कारण बृद्धभत्ताको कुनै चाल समेत पाउन सकेका छैनन् ।

आधुनिकिक बन्दै गलेश्वर मन्दिर



अगन्धर तिवारी
म्याग्दी, १६ असोज
म्याग्दीको प्रसिद्ध तिर्थस्थलका रुपमा परिचित गलेश्वर मन्दिरको आधुनिककिकरण शुरु भएको छ ।

पर्यटनसंग संगसंगै भन्ने उद्घोषका साथ शुरु भएको पर्यटनवर्षमा गलेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्यले मन्दिर परिषदको योजना अनुसार मन्दिर परिषरमा नयाँनयाँ संरचनाहरु थप गर्नुका साथै पुराना संरचनाको जिर्णोद्धारको समेत काम भएको हो ।

मन्दिर क्षेत्रलाई आधुनिकिकरण गर्ने अभियान स्वरुप पुरानो मन्दिरमा रंगरोगन गरिएको छ भने मन्दिर आसपासमा रहेका सहायक मन्दिर र धर्मशालाहरुलाई व्यवस्थीत गरिएको गलेश्वर क्षेत्रविकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

मन्दिरमा गरिएको आधुनिक व्यवस्थापनका कारण म्याग्दीको सदरमुकाम बेनी हुँदै मुक्तिनाथ, दामोदरकुण्डको दर्शनका लागि आउने तिर्थालुहरु पनि दैनिकजसो मन्दिर परिषरमा रहेका धर्मशालामा बास बस्नेगरेका मन्दिरका पुजारीले बताएका छन् ।

गलेश्वर क्षेत्रको थप आकर्षणका रुपमा निकै ठुलो चट्टानका बिचमा रहेको मन्दिरको उच्च भागमा अवस्थित चट्टानकै बिचमा कहिल्यै नसुक्ने ताललाई पनि लिन सकिन्छ ।

पौराणिक कथन अनुसार महादेव शिवले सतिदेबीको दिवंगत शरिर बोकेर हिमालय पर्वतको दर्शन गर्न जाने क्रममा उनको गला पतन भएकोले सोहि स्थानलाई गलेश्वर नामाकरण गरि सोहि समयदेखि नै पुजाआजा गर्दैआइरहेको किंबदन्ती रहेको पाइन्छ ।

बिभिन्न धार्मिक तथा ऐतिहासिक कारणका साथै मुक्तिनाथको प्रवेसद्धारका रुपमा रहेकोले पनि गलेश्वर मन्दिरको थप प्रचारप्रसार र पुर्वाधार विकासमा राज्यले पनि बिषेस चासो दिनुपर्ने देखिन्छ ।

जिल्ला तहमा कांगे्रस एकढिक्का हुने दाबी



अगन्धर तिवारी
म्याग्दी, १६ असोज
नेपाली कांग्रेसको केन्द्रिय नेत्रृत्व पंतिमा जस्तोसुकै किचलो र मनमुटाव भएपनि जिल्लातहमा भने प्रजातन्त्रमा आस्था राख्नेहरुमा कहिल्यै बिभाजनको स्थीती सृजना नहुने नेपाली कांग्रेस म्याग्दीका जिल्लास्थीत नेताहरुले दाबी गरेका छन् ।

नेपाल ट्रेडयूनियन कांग्रेस स्वतन्त्र ले बिजयादशमीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै कांग्रेस मयाग्दीका पदाधिकारीहरुले केन्द्रिय तहका नेताहरुले कार्यकर्तालाई भ¥याङको रुपमा लिएको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा बोल्ने अधिकांस जिल्लास्तरिय नेताहरुले कांग्रेसका केन्द्रीय नेताहरु शुशिल कोइराला र शेरबहादुर देउवाबिचको कलहका कारण कार्यकर्ताहरु मारमा परेको भन्दै दुबैले कार्यकर्तालाई भ¥याङ बनाएको आरोप लगाएका हुन् ।

शुशिल र देउवा बिचमा पानी बारारको अवस्था आएपनि जिल्ला स्तरमा आँफुहरु कहिल्यै पनि टुटफुट नगराई एकवद्ध भएर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेस म्याग्दीका पुर्व सभापती डा. भुपेन्द्र खड्काले जिल्लाका कार्यकर्ताहरुलाई नोकर सम्झेर आँफुहरु मालिक बन्न खोजेमा त्यो कांग्रेसको बिनासको बाटो सिवाय केहि नहुने ठोकुवा गरे ।

त्यस्तै कार्यक्रममा कांग्रेस म्याग्दीका सचिव माधव रेग्मीले जिल्लाका कार्यकर्ताहरुलाई खच्चर र घोडा बनाएर बुइ चडेर टुटाउने र फुटाउने खेल खेलेको भन्दै दुर्गामातासंग केन्द्रिय नेताहरुको बुद्धि फिरोस् भन्ने कामना गरेको सुनाए ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सहसभापती नेत्र महत, नेपाल ट्रेडयूनियन कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष दुर्गाराम सुबेदी, शिक्षक संघका केन्द्रिय सदस्य दुर्गातत्त आचार्य, नेपाल विद्यार्थी संघका अध्यक्ष धनबहादुर छन्त्याल, तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल लगायतको सहभागिता थियो ।

सुनको मुल्यमा उतारचढावले म्याग्दीमा उत्साहजनक कारोवार भएन



अगन्धर तिवारी
म्याग्दी, १६ असोज
हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको सरगर्मीसंगै बजारमा चहलपहल बढे पनि सदरमुकाम वेनीका सुन चाँदी पसलहरुको व्यापार भने सन्तोषजनक हुन सकेको छैन ।
दिन प्रतिदिन सुनको मुल्यमा उतार चढाव आउन थालेपछी खरिदकर्ताहरु दोधारमा पर्ने भएकाले यो वर्ष दशैको पुर्वसन्ध्यामा सुनचादीको व्यापार गत वर्षको जस्तो उत्साहजनक नरहेको व्यवसायीहरु बताउँछन् ।
गतवर्षहरुमा सुन किन्नेहरुको भिड लाग्ने बेनीबजारका सुनचाँदी पसलहरुमा यो समय दैनिकजसो सुनको भाउ तलमाथी भइरहेका कारण अपेक्षा अनुसारको व्यापार नभएको जिवन सुनचाँदी पसलका प्रोपाईटर जिवन विश्वकर्मा बताउँछन् । सदरमुकाम वेनी बजारमा अहिले करीव  १५ भन्दा धेरै सुनचादी पसलहरु संचालनमा रहेका छन ।
चाड पर्व नजिकीदै जाँदा महिलाहरु सुनका गरगहनामा सजिने भएपनि  अहिले  भने सुनचाँदी पसलमा ग्राहकहरु न्युन मात्रमा आउने गरका छन ।
अन्य समयमा भन्दा असोजको पहिलो साताबाट व्यापारमा सुधारउन्मुख भए पनि सेयर बजारमा सुनको मुल्यमा उतारचढाव भईरहने हुनाले व्यापारमा खासै ग्राहकको संख्या बढ्न नसकेको बानियाँ सुनचाँदी पसलका सञ्चालक अमित बानियाँले बताए  ।
दैनिक जसो मुल्यमा एक दुई हजारको फरक हुने गरेकाले पनि यसबाट सर्वसाधारण चिन्तित हुने गरेको व्यवसायी जिवनकुमार विष्वकर्मा बताउँछन् ।
गतवर्ष दशै तिहारको समयमा ३० देखी ३२ हजारसम्ममा कारोबार हुने गरेको सुन अहिले असोजको दोस्रो सातासम्म ४९ देखी ५३ हजारसम्म कारोवार भईरहेकाले सुनको मुल्यमा भारी वृद्धि हुँदा व्यापारमा ह्रास आएको सुनचादी व्यवासीहरु बताउछन ।