गोरखा वाईसिएल जिल्ला अध्यक्ष रमेश पोखरेल तथा माओवादीका नगर इन्चार्ज दिपक तिमिल्सिनाको नेतृत्व टोलिले सदरमुकामको महेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयको हाता भित्र वाईसिएल तथा माओवादी कार्यकर्ता प्रवेश गरी शिक्षक तथा विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । आक्रमणबाट आधादर्जन भन्दा बढी विद्यार्थी घाईते भएका छन् । शिक्षकहरुलाई भने उनीहरुले सामान्य हात हालाहाल गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका गणित शिक्षक भाईकाजी श्रेष्ठलाई व्यावस्थापन समितिले कारबाही गर्ने निर्णयको विरोधमा विद्यार्थी आन्दोलनमा उत्रेका छन् । विद्यार्थीले सोमबारबाट जिल्लास्तरीय टेष्ट परिक्षा समेत बहिस्कार गरेका छन् । विद्यार्थीले परिक्षा बहिस्कार गरेको र व्यावस्थापन समितिको निर्णय नमानेको बिषयमा माओवादीले विद्यार्थीमाथि विद्यालय हाताभित्र मंगलबार दिउँसो आक्रमण गरेको हो । केहि महिना यता विभिन्न समयमा अनुपस्थित रहेका शिक्षक श्रेष्ठ सोबारबाट विद्यालय गएपछि तनाब शुरु भएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com