तीनकुने-सूर्यविनायक सडकखण्डमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई प्रहरीले सार्वजनिक मुद्दा चलाउन सुरु गरेको छ । अघिकांश दुर्घटना मदिरा सेवन र तीव्र गतिका कारण हुने गरेकाले मदिरा सेवन गरी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाउन थालिएको प्रहरीको भनाइ छ । 'मदिरा सेवनकै कारण अधिकांश दुर्घटना हुने गरेको छ,' प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठले भन्नुभयो। छलफलमा ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पङ्कज श्रेष्ठले ६ लेन सडकमा ट्राफिक व्यवस्थापनका लागि नियम उल्लङ्घन गर्नेलाई विगतमा लिँदै आएको जरिवाना बढाउने, बिसौनीमा मात्रै सार्वजनिक सवारी रोकाउने, ट्राफिक सङ्ख्या बढाउने, साँझ ६ देखि ११ बजेसम्म दुर्घटना हुने गरेकाले सडकमा ट्राफिक र प्रहरीको सक्रियता बढाइने बताउनुभयो । छ लेन सडक विस्तारको क्रममा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ ।
धेरै सवारी साधनले सर्वसाधरणलाई ठक्कर दिई फरार हुने घटना पनि बढेको छ। दुर्घटना गराई फरार हुने चालकलाई पनि सार्वजनिक अपराघ ऐनअन्तर्गत मुद्दा चलाइने भएको छ। साँघुरो सडकमा सवारी चलाइरहेको चालकले खुला सडक भेटाएपछि तीव्र गतिमा चलाउने गरेकोले दुर्घटना बढेको ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरका प्रहरी नायब निरीक्षक लेखनाथ मैनाली बताउँछन् । सडकको बीचमा सवारीको गति प्रतिघन्टा ३० लेखिए पनि चालकले कम्तीमा पनि ६० को गतिमा चलाउने गरेका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com