आज हुने प्रधानमन्त्रीको निर्वाचनमा समर्थन माग्दै प्रधानमन्त्रीका उम्मेदवारहरु कांग्रेस नेता रामचन्द्र पौडेल र मधेशी जनअधिकार फोरम-लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले बिहीबार छुट्टा-छुट्टै रुपमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेका छन् । भक्तपुरस्थित बिजुक्छे निवासमा गच्छदार करिब ८ बजेर ४५ र पौडेल ९ बजरे १० मिनेटमा पुगेका थिए । दुई नेताको बिजुक्छे निवासमै जम्काभेट भएको थियो । बिजुक्छेले दुवै जनालाई पार्टीमा छलफल पछि निर्णय दिने बताएका थिए । व्यवस्थापिका संसदमा नेमकिपाको ५ जना सभासद छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com