कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

फोरम नेपाल सर्त सहित झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुने


धेसी जनअधिकार फोरम नेपाल सर्त सहित प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । रिपोर्टस्र क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यस्तो बताउनुभएको हो । 
साक्षात्कारमा बोल्दै यादवले आफ्नो पार्टी नयाँ संविधान निर्माण शान्ति प्रक्रियालाई तार्किक परिणतिमा पुर्याउने र मधेसको मुद्दालाई सम्बोधन गर्ने बातावरण सुनिश्चित गर्ने हो भने नयाँ सरकारमा सहभागी हुने बताउनुभयो । उहाँले भन्नुभन्यो- मुद्दा छाडेर हामि सरकारमा जाँदैनौ तर मुद्दा संबोधन हुने बातावरण बन्यो भने हामि सरकार सहभागी भएर वा सहभागी नभएर पनि सहयोग गर्छौ । हाम्रो सरकारमा सहभागीताको कुरा नवनिर्वाचित प्रधानमन्त्रीकै भरमा छ । हेरौ अब उहाँले कसरी यि मुद्दाहरुलाई संबोधन गर्नु हुन्छ । अब सरकारको कोर्टमा बल पुगेको छ झलनाथजीले त्यसलाई कसरी खेल्नु हुन्छ त्यसमा भर पर्छ । 

मुलुक दिशाहिन र अनिश्चितताको बाटोमा अगाडि बढीरहेको बेला प्रधानमन्त्री चयन हुनुले जनतामा फेरि शान्ति र संविधानप्रतिको निरासालाई आशामा परिणत गरेको दावी गर्दै उहाँले धेरै चुनौति र जोखिमका विच अब प्रधानमन्त्रीले कसरी यात्रा तय गर्नु हुन्छ त्यसले भविष्यको बाटो तय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो- सिहदरवारमा फोटो टास्ने प्रधानमन्त्रीको कुनै अर्थ छैन । बाम लोकतान्त्रिक र मधेशवादी दलहरुको समर्थन उहाँले कसरी प्राप्त गर्नुहुन्छ । कस्तो मान्छेलाई सरकारमा सहभागी गराउनु हुन्छ । त्यसबाट मात्रै सरकारको सफलता असफलता निर्धारण हुन्छ । 

प्रधानमन्त्रीको हिजोको निर्वाचनमा पार्टीले अनुपस्थित सर्वसम्मत निर्णयको आधारमै भएको भन्दै उहाँले सहअध्यक्ष जेपी गुप्ताको नाम नलिई बाहिर कसले के भन्छ त्यस्को अर्थ नहुने स्पष्ट पार्नुभयो । यादवले पार्टीको केन्द्रीय कमिटि र संसदीय दलको बैठकले पार्टीले उठाएको मुद्दामा समर्थन नजनाउँदा सम्म सरकारमा सहभागी नहुने र कसैलाई समर्थन समेत नगर्ने निर्णय भएकोले सोही अनुसार हिजो निर्वाचनमा अनुपस्थित नभएको बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com