नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले बहुमतीय पद्दतिबाट सहमतीको सरकार गठन गर्न प्रयास सुरु गर्नुभएको छ ।
यसक्रममा उहाँले आजैबाट अनौपचारिक छलफलसमेत थालिसक्नु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । उहाँले माओवादीसहित अन्य दलहरुसँग सरकार गठनको विषयमा टेलिफोनका साथै अनौपचारिक छलफल गरिरहनु भएको हो ।
एकीकृत माओवादीको समर्थनमा प्रधानमन्त्रीको निर्वाचित सफल हुनुभएका झलनाथ खनालले बहुमतीयभित्र पनि सहमतीय सरकार गठनका लागि आफूले प्रयास गर्ने बताउनुभएको छ ।
माओवादी सरकारमा सहभागी हुने पक्षमा रहे पनि एमालेलाई समर्थन गर्ने निर्णयप्रति विपक्षमा रहेको उपाध्यक्ष डा. बाबुराम भट्टराई नजिकका नेताहरु भने सरकारमा नजाने भएका छन् ।
नव निर्वाचित प्रधानमन्त्री खनालले आउने आइतबार पद तथा गोपनीयताको सपथ लिनुहुने छ । आइतबार नै प्रधानमन्त्रीले थोरै सदस्य रहेको मन्त्रीमण्डल बनाउनुहुनेछ । राष्ट्रपति भारत भ्रमणमा रहनुभएकोले सपथ ढिला भएको हो । राष्ट्रपति भोलि स्वदेश फर्कँदै हुनुहुन्छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com