कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

प्रधानमन्त्री झलनाथ खनाल गोप्य सात बुँदे सहमतिमा अडिग

 आफ्नै दलका बरिष्ठ नेता, प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको चर्को बिरोधपछि पनि प्रधानमन्त्री झलनाथ खनालले माओवादी अध्यक्ष प्रचण्डसंग गरेको गोप्य सात बुँदे सहमतिमा अडिग रहने उद्घोष गरे पनि माओवादी भने प्रधानमन्त्रीदेखि शसंकित हुन थालेको छ ।

सोमबार बिहान सिंहदरवारमा सम्झौताका अर्का हस्ताक्षरकर्ता माओवादी अध्यक्ष प्रचण्डसँगको कुराकानीपछि संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री खनालले सात बुँदे सम्झौतामा आफु दृढ भएको प्रतिक्रिया दिए । प्रचण्डसंगको छलफलमा पनि प्रधानमन्त्रीले सो सम्झौतालाई थप परिस्कृत गर्ने तर मूल मर्म परिवर्तन नगरि कार्यन्वयन गर्ने आश्वासन दिएका थिए । आफुले प्रचण्डसंग गरेको सहमति दुई दलवीचमात्र नभई बृहत राष्ट्रिय सहमतिको आधार भएको प्रधानमन्त्रीको भनाई थियो ।
तर, प्रधानमन्त्रीले मिडियाका अघि जति सजिलोसंग सात बुँदे कार्यन्वयन गर्ने बताइरहेका छन, त्यसलाई ब्यबहारमै कार्यन्वयन गर्न त्यति सजिलो भने छैन् । सहमतिमा माओवादी सेनाको छुट्टै सुरक्षा बल बनाउने बिषय समावेश गरिएको छ जसमा एमाले स्थायी समितिका अधिकांश सदस्य बिरोधमा छन् । यो बुँदाले माओवादी सेनाको सामुहिक समायोजनका लागि बाटो खुला गरिएको र त्यो एमालेको आधिकारिक धारणापक्ष बाझेको निर्वतमान प्रधानमन्त्री मावधकुमार नेपाल र केपी ओलीपक्षको भनाई छ ।
यस्तै दीर्घकालसम्म दुई पार्टीवीच आलोपालो सरकारको नेतृत्व गर्ने बिषय पनि सो गोप्य सम्झौतामा उल्लेख छ । यसले लोकतन्त्रलाई समाप्त पार्ने र दुई पार्टी मिलेर अनन्तकालसम्म सरकार चलाउने मनसाय रहेको भन्दै नेपाली कांग्रेसले आक्रोश पोखेको छ ।
सेना समायोजन र सरकार नेतृत्वबारे गम्भीर बिषयमा भएका यी सम्झौका अन्तरबस्तु लागू गर्न प्रधानमन्त्रीलाई आफ्नै पार्टीबाट असहयोग हुने निश्चीत छ । यस्तै सेना समायोजनका बिषयमा भूमिका खेल्ने बिशेष समितिमा नेपाली कांग्रेस लगायतका दलहरु सहभागी भएकाले प्रचण्ड र खनालले योजना बनाएजस्तै सजिलै समायोजन हुने अबस्था पनि छैन् ।
माओवादी अध्यक्ष प्रचण्डलाई पनि यो सहमति कार्यन्वयन नहोला कि भन्ने चिन्ताले आजभोली सताउन थालेको छ । बोलेको कुरा पुरा नगर्ने खनालको बानी रहेको ठानेको माओवादीले सेनापति प्रकरणदेखिनै खनालको बोली र ब्यबहारमा एकरुपता नभएको निष्र्कष निकालेको थियो । सायद त्यसैले होला सोमबार बिहान अध्यक्ष प्रचण्डले पुनः प्रधानमन्त्रीलाई राखेर सातबुँदेप्रति प्रतिबद्धता दोहोर्‍याउन लगाउनुपरेको थियो ।
बैठकपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सात बुँदे सहमतिप्रति समान धारणा बनाउने विषयमा बैठकमा छलफल भएको र सात बुँदे सहमतिअनुसार नै अघि बढ्ने सहमति भएको जानकारी दिए । 'सात बुँदे सहमतिको स्पीरिटअनुसार अघि बढ्न हामी सहमत भएका छौं,' माओवादी अध्यक्ष प्रचण्डले भने, 'सञ्चार माध्यममा सात बुँदे सहमतिबारे गलत प्रचार भएको छ 

No comments:

Post a Comment

kushmabajar.blogspot.com