पर्वत माघ २५ । जाडो याममा बनमारा झारबाट बनेको बायो बिक्रेटको माग बढेपछि पर्वतका सामुदायिक वनका उपभोक्ताहरु यसको उत्पादन गर्नमा सकि्रय भएका छन् । ब्यबसायिक रुपमा यसको उत्पादन गर्न थालेका पर्वतका बिभिन्न गाविसका उपभोक्ताहरुले तयार गर्ने बायो बिक्रेट जाडो याममा कोठा न्यानो बनाउन बच्चा सेक्न र तारे होटलहरुमा समेत प्रयोग गर्न थालेपछि यसको माग बढेको उनीहरुले बताएका छन् । कार्तिक मंसिर सम्म बिक्री नभएर चिन्ता मानेर बसेका उपभोक्ता माग बढेपछि भने खुसी बनेका छन् ।
शिबालय गाबिसको छमर्के पातल सामुदायिक वनका उपभोक्ताले १५ हजार बिक्रेटको माग आएपनि यस पटक तीनहजार मात्र बनाएको बताएका छन् । काठमाण्डौको हिमालयन अर्गानिक भिलेजले उत्पादन गर्न सके जति पनि खरिद गर्ने आश्वासन दिएको छ । अब उत्पादनलाई अझ सहज बनाउने सोच बनाएको छमर्के पातल सामुदायिक वनका अध्यक्ष टेकनारायण श्रेष्ठले बताउनुभयो ।
बनस्पति गुइंठा भनिने यो बायो बि्रकेट अहिले तारे होटल देखि बच्चा सेक्नका लागि सामान्य परिवारले समेत प्रयोग गर्दै आएका छन् । कुनै समयमा खेतवारी लगायत बनै ढाकेर सबैको समस्या बनेको वनमारा पर्वत जिल्लाका गाउँ गाउँमा धुवा नआउने कोइला बनाउन थालिएको हो ।
पर्वत जिल्लाको शिबालय तिलहार लुखंु मुडिकुवा र कटुवा चौपारी लगायतका गाबिसमा व्यावसायीक रुपमा बिक्रेट बनाउन थालिएको छ । कोइलालाई मेसिनमा पिनेर धुलो बनाएपछि त्यसलाई चिम्ट्याइल्ााे माटो मिसाएरु मुछेपछि साँचोमा राखेर बि्रकेट तयार पारिने उहाँले बताउनुभयो । यसलाई चुलोमा राखेर बालेपछि कोठा तातो हुने भएकाले शहर बजारमा हिटरको काम गर्ने र गाउँघरमा जहाँ पकाएपनि धुँवा नआउने भएकाले बढी लोकपि्रय र उपयोगी हुने गरेको छ ।
दाउरा कम पाइने बस्तीहरुमा यसको प्रयोग बढेको र दैनिक जसो सम्पन्न र लाहुरेका परिवारहरु बि्रकेट लिन आउने गरेका छन । वनमाराले जंगल भरियो भनेर गुनासो गर्न आउने उपभोक्ताहरुका लागि सामुदायिक वन उपभोक्ता महासंघ पर्वतले बि्रकेट बनाउनका लागि सहयोग पुर् याउँदै आएको छ । तालिम दिने बजार खोजिदिने देखि उपकरण सहयोग सामुदायिक वन उपभोक्ता महासंघले गर्दै आएको छ । जर्मन बिकास सेवाको सहयोगमा महासंघले ठुृलीपोखरी शिबालय कटुवाचौपारी मुडिकुवा तिलाहार गाबिसमा यसका उद्योगनै खोल्ने योजना बनाएको जनाएको छ । काठमाण्डौका डिपर्माटमेण्ट स्टोर तारे होटल देखि मुस्ताङ्ग सम्म बजार बिस्तार भैरहेको महासंघका अध्यक्ष किशोर सापकोटाले बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com