पर्यटन वर्ष २०११ लाइ लक्षित गर्दै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा माघ २७ गतेदेखि आयोजना हुने मध्यमाञ्चल क्षेत्रीय महोत्सवको तयारी तिव्रताका साथ अगाडि बढेको छ । महोत्सवका अबसरमा सिन्धुलीका ऐतिहास्सिक तथा धार्मिक स्थलहरुको समेत प्रचार प्रसार गरिने आयोजकले जनाएको छ ।
सिन्धुलीमा सञ्चालन हुने क्षेत्रिय महोत्सव व्यवस्थित गर्नकालागि सिन्धुली उधोग वाणिज्य संघद्वारा गठित विभिन्न समिति तथा उप-समितिद्वारा महोत्सव तयारीका काम तिव्र गतिमा अगाडि बढिरहेको छ । सिन्धुलीगढी पर्यटकीय आधार, रसिलो जुनार सिन्धुलीको उपहारूभन्ने मूल नाराका साथ सिन्धुलीमाडीमा मध्यमाञ्चल क्षेत्रीय व्यापार महोत्सव हुन लागेको हो ।
मध्यमाञ्चल क्षेत्रीय व्यापार महोत्सवमा मध्यमान्चल विकास क्षेत्र भित्रका जिल्लाहरुको उत्पादनको प्रचार, प्रसार, बिक्रि एवं प्रवर्धन गर्न साझा,औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउन तथा स्वदेशी उत्पादन तथा सेवाहरु उपभोत्काहरुलाई जानकारी गराईने आयोजकले जानकारी दिएको छ । महोत्सवका अबसरमा सिन्धुलीका ऐतिहसिक तथा धार्मिक स्थलहरुको समेत प्रचार प्रसार गरिनेछ । महोत्सवमा करिव ५ लाख दर्शकहरुले अबलोकन गर्ने आयोजकको अपेक्षा छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com