कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

गुप्तेश्वर बुहुमुखी क्याम्पसको १९ औ वार्षिकोत्सव


पर्वत माघ २६ । त्रिभुवन विश्व विद्यालयका उपकुलपती माधवप्रसाद शर्माले अबको शिक्षा प्रविधि र बैज्ञानीक हुनुपर्ने बताउनुभएको छ । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर बुहुमुखी क्याम्पसको १९ औ वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै शर्माले शैक्षिक प्रतिस्पर्धाको दुनियामा अवको शिक्षा व्यवाहारिक हुनुपर्नेमा जोड दिनुभएको हो ।
शर्माले विद्यार्थीहरुलाई प्रभावकारी रुपमा शिक्षा दिनको लागि शैक्षिक संस्थामा विद्युतीय प्रविधिको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले आङ्गिक क्याम्प्ास र त्रिभुवन विश्व विद्यालयवाट सम्वन्धन प्राप्त क्याम्प्ासको शैक्षिक स्तर बराबर रहेको बताउँदै उच्च शिक्षालाई प्रभावकारी बनाउनका लागि राज्यले आधुनिक र व्यवाहारीक शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पार्टी सभापति लालकाजी गुरुङ्ग राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव इश्वर गिरी निमित्त जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद वाग्ले जिल्ला विकास समितिका सूचना अधिकृत तुलसीराम शर्मा क्याम्पस व्यवस्थापन समितिका भुतपुर्व सभापति मथुराकुमार जोशी छिमेकी उच्च माविका प्रअ रुद्र रिमाल प्रध्यापक संघ ईकाई उपाध्यक्ष यदुप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।
त्यस्तै विद्यार्थीको तर्फवाट किशोर सुवेदी अखिल क्रान्तिकारीका अर्जुन रेग्मी नेविसंघका अच्युत तिवारी र अनेरास्ववियूका सुम ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्प्ास प्रमुख चक्रपाणी शर्माल्ो वार्षिक प्रतिवेदन र क्याम्प्ास व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद जोशीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियेा

No comments:

Post a Comment

kushmabajar.blogspot.com