कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

झलनाथ खनाल को दबाव मा ओलीलाई बालुवाटार प्रवेशमा रोक

काठमाडौँ, फागुन ४ । सुरक्षासम्वन्धी मन्त्रालय माओवादीलाई नदिन प्रधानमन्त्री झलनाथ खनाललाई दबाव दिन बालुवाटार पुगेका एमाले नेता केपी शर्मा ओली सहितका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार प्रवेशमा रोक लगाइएको छ ।

मन्त्री विष्णु पौडेल र सचिव शंकर पोखरेललाई लिएर मंगलबार राती आठवजेतिर बालुवाटार पुगेका नेता ओलीलाई सुरक्षाकर्मीले भित्र प्रवेशमा रोक लगाएका हुन् । ‘माथिको आदेश छ भन्दै सुरक्षाककर्मीले उहाँहरुलाई गेटबाटै फर्काइदियो’ ओली पक्षका केन्द्रीय सदस्य भानुभक्त ढकालले बताए ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले गृहमन्त्रालय माओवादीलाई दिएरै भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपछि सुरक्षासम्वन्धी मन्त्रालय माओवादीलाई नदिने स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न नेता ओली आफ्ना सहयोगीहरुलाई लिएर बालुवाटार गएका थिए । सुरक्षासम्वन्धी मन्त्रालय माओवादीलाई नदिने स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि आग्रह गर्न नेता ओली आफैंले प्रधानमन्त्रीसँग समय लिएर भेटनका लागि बालुवाटार गएको ढकालले बताए ।

तर प्रधानमन्त्रीको सचिवालयले भने ओलीलाई बालुवाटार प्रवेश रोक नलगाएको बताएको छ । ’सुरक्षाकर्मीले ओली कमरेडलाई नचिनेर सोधपुछ गर्दा उहाँ फर्किनुभएछ । माथि सोधेर केपी ओली रहेको थाहा पाएपछि सुरक्षाकर्मीले ‘जयनेपाल साब’ भन्दा भन्दै ओलीले गाडी फर्काएर हिडनुभएछ ।’ सचिवालय सचिवले भने ।

सो घटना थाहा पाएपछि प्रधानमन्त्री खनालले ओलीलाई टेलिफोन गरी आउन आग्रह गरेपनि ओलीले ‘पछि भेटौंला’ भन्दै अस्वीकार गरेको पौडेलले बताए । बेलुकी आठ बजेपछि बालुवाटार आउने नचिनेका मान्छेलाई सोधेर मात्र पठाउने सुरक्षाकर्मीलाई आदेश दिइएको भन्दै पौडेलले ओलीलाई बालुवाटार छिर्न नदिने कुनै मनसाय नभएको स्पष्ट पारे ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com