कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मुस्ताङका किसानहरुलाई यो वर्ष स्याउका बिरुवा अभाव हुने सम्भावना


 मुस्ताङ फागुन ६ । व्यवसायिक स्याउ उत्पादन गर्दैआइरहेका मुस्ताङका किसानहरुलाई यो वर्ष स्याउका बिरुवा अभाव हुने सम्भावना रहेको छ । स्याउको राजधानीको रुपमा चिनिने हिमाली जिल्ला मुस्ताङका स्याउ कृषकहरुले माग अनुसारको स्याउको विरुवा नपाएपछि यो वर्ष स्याउको बगैंचा थप्ने किसानहरुको लक्ष अधुरै रहनेभएको छ ।
विगतका वर्षका तुलनामा स्याउको उत्पादन र प्राप्त गरेको उचित बजारबाट उत्साहित भएका किसानहरुले आगामी वर्षहरुमा उत्पादनलाई बढाउनेगरि नयाँ र उन्नत जानका विरुवा लगाउने अभियानमा लागेका छन् । माग अनुसारको विरुवा नपाइएकोमा चिन्तित भएको टुकुचेका कृषक इन्द्र तुलाचनले बताए ।
जिल्लामा यो वर्ष उन्नत जानका करिव २५ हजार स्याउका बिरुवा आवश्यक पर्ने तर कृषि लगायतका अन्य सरोकारवाला निकायले समेत किसानको मागअनुसारका बिरुवा उपलब्ध गराउन नसक्दा किसानको योजना अधुरै रहने तुलाचनको भनाई छ । कृषकको चर्को गुनासो पछि जिल्ला कृषि विकास कार्यालय मुस्ताङबाट यो वर्ष १५ हजार स्याउका नया बिरुवा वितरण गरिएको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङका प्रमुख बरिष्ठ कृषिविकास अधिकृत मेघनाथ तिमिस्लिनाले बताए ।
तल्लो मुस्ताङबाट स्याउका बिरुवाको माग अत्याधिक आएको भएपनि कार्यालयले बिरुवा उपलब्ध गराउन नसकेको बताए । सरकारी फर्म शितोष्ण बागबानी विकास केन्द्रमा करिव ४० हजार नयाँ स्याउका विरुवाको माग भएको थियो । पछिल्लो समय तल्लो मुस्ताङ संगै उपल्लो मुस्ताङको छुसाङ लगायतका क्षेत्रमा समेत स्याउको उत्पादन हुने गरेको भएपनि समयमै विरुवा वितरण हुन
नसक्दा समस्या हुने गरेको छ । मुस्ताङका विभिन्न गाविसबाट मात्रै वार्षिक करिव १६ करोड बराबरको स्याउ निर्यात हुने गरेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com