कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

दुर्गम गाउँमा लालीगुराँस महोत्सव सुरु


 पर्वत । ग्रामीण पर्यटनको विकास गर्ने उद्देश्यले पर्वतको एक दुर्गम गाउँमा लालीगुराँस महोत्सव सुरु भएको छ । पर्यटन सूचना संस्कृति, सम्प्दा र दुर्लुङकोटको संरक्षण गरौँ पर्यटन वर्ष २०११ सफल पारौँ भन्ने मूल नाराका साथ हिजोदेखि सुरु भएको महोत्सवको पूर्वसहायक मन्त्री क्षेत्रबहादुर गुरुङले उद्घाटन गर्दै ग्रामीण पर्यटन विकासका लागि यस्ताखालका महोत्सवको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

दुर्लुङको पर्यटकीय विकासका लागि गरिएको महोत्सवमा स्थानीय कला संस्कृतिको पहिचान, लालीगुराँसको वन अवलोकन, दुर्लुङबाट पाँच जिल्लाका सदरमुकामको अवलोकन तथा स्थानीय परिकारहरु मुख्य आकर्षण रहेको छ ।
महोत्सवमा २० वटा स्टल राखिएको छ । महोत्सवमा भित्रिने दर्शक तथा पर्यटकलाई होमस्टेको व्यवस्थासमेत गरिएको छ । सस्तो र सुलभ दरमा स्थानीय परिकारको व्यवस्थासमेत गरिएको महोत्सवका संयोजक प्रभु गुरुङले जानकारी दिनुभयो

No comments:

Post a Comment

kushmabajar.blogspot.com