कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक गुणाखर जैसी भट्टराईको निधन

पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक गुणाखर जैसी भट्टराईको निधन भएको छ । मानविकी, इतिहास तथा संस्कृती विभागमा सहप्रध्यापक रहि अध्यापनरत भट्टराईको विहिबार निधन भएको हो । पृथ्वीनाराण क्याम्पसको क्वाटरमा बस्दै आउनु भएका भट्टराई २६ गते करिब ३ बजे अचानक बेहोस हुनु भएको थियो ।

उपचारका लागि मणिपाल अस्पताल हुदै चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालबाट पोखरा ल्याउन क्रममा उहाँको मृत्यु भएको थियो । पृथ्वीनाराण क्याम्पसमा भट्टराई २०३६ सालबाट अध्यापन गराउदै आउनु भएको थियो । क्याम्पसले शुक्रबार विहान क्यापसमा शोक सभा सम्पन्न गरेको छ ।

शोक सभामा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख गेहेन्दे्रश्वर कोइराला, पुर्व क्याम्पस प्रमुख डाक्टर डिल बहादुर क्षेत्री, मानविकी इतिहास तथा संस्कृती विभागका ज्योति भट्टचन, प्रध्यापक संघका सभापति रत्नजंग कार्की, कर्मचारी संघका सदस्य राम्जी पाण्डे, स्ववियु सचिब दिलिप न्यौपाने, अमृत लाल श्रेष्ठ, दिपक चन्द बाग्ले लगाएतले शोक सभामा श्रद्धान्जली ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सन्चालन केशबेन्द्र रेग्मीले गर्नु भएको थियो । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com