प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सहमतीय राजनीतिको आफ्नो अडानलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरे । प्रधानमन्त्रीमा निर्वाचित भएको १६ दिन बितिसक्दा पनि आफूलाई समर्थन गर्ने माओवादीलाई सहभागी गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोप्रति स्पष्टीकरण र जनतालाई सान्त्वना दिन सम्बोधन गरे पनि यसले उनकै अप्ठ्यारोलाई उजागर गरेको छ । यद्यपि सात महिना लामो सरकारविहीन अवस्थाको अन्त्य भएको र संविधानसभाको ठूलो दल माओवादीको समर्थन पाएकाले खनालको नेतृत्वबाट शान्ति र संविधानप्रति सकारात्मक अपेक्षा पलाएको थियो ।
तर जब माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको सातबुँदे गोप्य सहमति र गृह मन्त्रालयका विषयमा उनकै पार्टीभित्र विवाद सिर्जना भयो, त्यसबाट उनी र पार्टी नै आलोचित बन्न पुगेको छ । यतिखेर प्रतिपक्षमा बस्ने निर्णय लिएको कांग्रेस मौनप्रायः देखिएको छ भने एमालेकै नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली प्रमुख प्रतिपक्षीजस्ता देखिएका छन् । विवाद निरूपणका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको छ । स्थायी समितिले विवाद किनारा लगाउन नसकेपछि डाकिएको पोलिटब्युरो र केन्द्रीय कमिटीमा नेताद्वय नेपाल र ओली मिलिरहे खनाल अल्पमतमा छन् । महासचिव ईश्वर पोखरेल पनि सहमतिको विरोध गर्दै नेपाल-ओली खेमातिर ढल्किएपछि पछिल्लो समय स्थायी समितिमा पनि खनाल अल्पमतमा पुगेका छन् । ‘एघार जनाको सानो टिम (स्थायी समिति) मा कुरा मिलाउन छाडेर पोलिटब्युरो र केन्द्रीय कमिटी डाकेर अध्यक्ष झनै ठूलो गोलचक्करमा फस्न पुग्नुभएको छ,’ एक पोलिटब्युरो सदस्यले भने, ‘साथै तल्लो तहसम्म पुगेर पार्टीको विवादले झनै व्यापकता लिने भएको छ ।’ एक स्थायी समिति सदस्यका अनुसार आफू प्रधानमन्त्री हुँदा खनालको असहयोगको तुष पालेका नेपाल र पार्टीमा वर्चस्व, प्रभाव देखाउन रुचि राख्ने ओलीले आफूलाई जानकारी नदिई सहमति गरेको भन्दै पालेको इखको सम्मिश्रण हो- एमालेभित्रको विवाद, जसको अन्त्य तत्काल हुने सम्भावना छैन । ओलीनिकट एमाले सचिव शंकर पोखरेल भने अध्यक्षलाई नै बलियो बनाउन आफूहरूले अडान लिएको दाबी गर्छन् । ‘अध्यक्षकै नेतृत्वमा बनाइएको पार्टीको नीति र गरिएका निर्णयमा आधारित भएर अघि बढ्दा उहाँलाई नै राम्रो हुन्छ । व्यक्तिगत रूपमा लिइएका निर्णयले पार्ने प्रभाव, जस/अपजसको भारी त एमाले नै बोक्नुपर्ने हुन्छ,’ उनले भने । पार्टीभित्रको चरम गुटबन्दी र कलहमात्र होइन, पार्टी नेताको आचरणका कारण पनि एमालेको छवि पछिल्लो समय धमिलिँदै गएको छ । पूर्वप्रधानमन्त्री नेपालका निकटतम मानिने पोलिटब्युरो सदस्य प्रभाकर प्रधानांग (रवीन्द्र श्रेष्ठ) ले आफूभन्दा आधा कम उमेरकी विद्यार्थीसँग दोस्रो विवाह गरेर भूमिगत भएको घटनाले एमालेलाई नराम्रो असर पारेको छ । नेपालको मन्त्रिपरिषद्मा सामान्य प्रशासनमन्त्री भएका उनी मन्त्रीबाट हट्नासाथ शुभेच्छा सिलवाललाई लिएर भागेका हुन् । पार्टी अनुशासन विभागले उनलाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । एमालेको कोटाबाट साउदी अरबका राजदूत बनेका हमिद अन्सारी पनि आर्थिक अनियमिततामा मुछिए । एमाले सक्रिय सदस्यसमेत रहेका उनलाई पनि अनुशासन विभागले पार्टीबाट निष्कासन गरेको छ । केही महिनाअघि मात्रै एमाले सभासद डीबी कार्कीलाई घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी कारबाही गरेको छ । उनी हाल निलम्बित अवस्थामा छन् । ‘कहिले कांग्रेसको सहयोगमा त कहिले माओवादीको सहयोगमा बिनाएजेन्डा प्रधानमन्त्री बन्ने अहिलेको अवस्थाले कतै एमाले २०५४/०५५ सालको राप्रपाजस्तो त हुने होइन भन्ने चिन्ता पनि छ,’ एक मध्यमार्गी नेताले भने, ‘त्यसले पनि पार्टीभित्र गुटबन्दी र अराजकता सिर्जना गरेको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com