कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

७ बुँदे सच्याइए सरकार बिघटन हुने चेतावनी


     एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७ बुँदे सच्याइए सरकार बिघटन हुने चेतावनी दिएका छन्। उनले राजनीति गतिरोध तोड्न र शान्ति तथा संविधानका लागि ७ बुँदे सहमती भएकाले त्यसको सबै दलले सम्मान गर्नुपर्ने बताए। ‘राजनीति गतिरोध हटाउन र शान्ति तथा संविधानका लागि ७ बुँदे सहमती भएको हो’–विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीहरुसित कुरागर्दै दाहालले भने,‘जुन कारणले सरकार बनेको छ, त्यही सच्यायो भने सरकार बिघटन हुन्छ।’ माओवादी अध्यक्ष दाहालले ७ बुँदे सहमतिको काँग्रेसले पनि सम्मान गर्नुपर्ने बताए।
विपक्षी दल काँग्रेसले ७ बुँदे सहमती खारेजीको मांग गरिरहेको बेला एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार गठनमा सहयोग पुर्‍याएका ठुलो दल माओवादीका अध्यक्ष दाहालले भने,‘सकेसम्म यो सरकारलाई गिर्न दिन्नौ।’ दाहालले एमालेले जति छिटो सहमतीको वातावरण बनाउँछ, माओवादी त्यति छिटै सरकारमा सहभागि हुने बताए। ‘७ बुँदे सहमतीलाई झुक्याउनु, तमसुक भन्नु लाजमर्दो हो, यस्तो भन्नु देशकै बेइज्जति हो’–दाहालले भने,‘सरकार, शान्ति र संविधान बनाउन नचाहनेहरु ७ बुँदे सहमती खारेज गर भन्दैछन्।’ ७ बुँदे सहमतीमा एमालेभित्रै असपष्टता देखिएपछि माओवादी सरकारमा नगएको उनको भनाई छ। ‘एमालेको केन्द्रिय समितिको बैठक बस्दैछ, आशा गरौ सहमती अनुसार शान्ति र संविधानले तीव्रता पाउनेछ’–दाहालले भने। माओवादीको कोचिला, किराँत र लिम्बुवान स्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागि हुन अध्यक्ष दाहाल, उपाध्यक्षद्वय मोहन बैध किरण र बावुराम भट्टराई र सचिव सिपी गजुरेल विराटनगर आएका हुन्। विराटनगरस्थित कोचिला राज्य समितिको कार्यालयमा आयोजना हुने प्रशिक्षण भेलामा सचिवालय स्तरीय तीनसय भन्दा बढी नेताको सहभागिता रहने बताइएको छ

No comments:

Post a Comment

kushmabajar.blogspot.com