कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

वेवास्ताका कारण तीन बर्षअघि बन्द भएको बागलुङको एक विद्युत आयोजना

नेपाल विद्युत प्राधिकरणको वेवास्ताका कारण तीन बर्षअघि बन्द भएको बागलुङको एक विद्युत आयोजना अझै सन्चालन हुन सकेको छैन ।

सामान्य मर्मत गरेर चल्ने बाग्लुङ नगरपालिका ५ स्थित काठेखोला जलविद्युत आयोजनाको इन्टेक मर्मत नहुँदा आयोजना सन्चालनमा आउन नसकेको हो । २०६४ सालको पुसमा भत्केको इन्टेक मर्मत अभावमा दुईसय किलोवाट क्षमताको आयोजना बन्द भएको हो ।

विद्युत उत्पादन बन्द भएपछि केन्द्रका लाखौंका उपकरण समेत हराउने र जीर्ण बन्दै गएका छन् । जिल्लाकै सबैभन्दा ठूलो विद्युत उत्पादन केन्द्रको ‘इन्टेक’मा पहिरोले पुरेको र ‘फोरवे’ भासिएपछि विद्युत उत्पादन बन्द भएको थियो । केन्द्र बन्द भएपछि त्यहाँ कार्यरत ५ जना कर्मचारी पनि कामविहिन भएका छन् ।

फोरवेको काम पूरा भए पनि इन्टेकको मर्मत हुन नसक्दा आयोजना सुचारु गर्न नसकिएको नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख विष्णुकुमार महर्जनले बताउनुभयो । फोरवे निर्माण २५ लाख रुपैँयाको लागतमा पूरा भइसकेको छ । इन्टेकको काम भने २० लाख रुपैया लाग्ने अनुमान गरि विद्युत विकास विभागमा जिल्ला शाखाबाट जानकारी गराएको भए पनि अहिलेसम्म बजेट विनियोजन भएको छैन ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com