पर्वत माघ २४ । सन् २०१५ भित्र नेपालमा निरक्षरता उन्मुलन गर्ने लक्ष्यका साथ सरकारले अभियान अगाडि बढाइरहेका बेला पर्वतका दुई दुर्गम गाउँलाई पुर्ण रुपमा निरक्षरता उन्मुलन गरिने भएको छ । जिल्लाका दुर्गम क्षेत्रमा रहेका बनौ र बालाकोट गाविसलाई पुर्ण रुपमा साक्षर बनाउने अभियान थालिएको हो । आइतवार जिल्ला शिक्षा कार्यालयमा भएको साक्षरता अभियानको लागि जिल्ल्ाा स्तरीय समिक्षा गोष्ठीमा उक्त निर्णय गरिएको हो । बनौ र बालाकोटमा अन्य गाविसको तुलनामा कम निरक्षर रहेकाले आवश्यक कोटा प्रदान गरिने निर्णय समेत भएको हो । दुवै गाविसलाई ६।६ वटा शिक्षकको कोटा प्रदान गरिने भएको छ । जिल्लाभरमा साक्षरता कक्षा संचालनका लागि ८ सय ६३ कोटा आवश्यक भएपनि चालु आर्थिक वर्षमा २ सय ७५ कोटा मात्र प्राप्त भएका छन् । उक्त कोटा जिल्लाका ५५ गाविसमा प्रतिशत निर्धारण गरी समानुपातीक रुपमा वितरण गरिएको छ । जसमा ३० जनाभन्दा कम निरक्षर भएका वडाहरुलाई समावेश गरिएको छैन् । पर्वतमा कुल जनसंख्याको १४ दशमलव १६ प्रतिशत जनसंख्या अझै निरक्षर रहेका छन् । जिल्लाका ५५ वटै गाविसमा संकलन गरिएको साक्षरताको विवरण हेरेर कोटा छुट्टाईएको छ । जिल्लामा कुल जनसंख्या मध्ये करिब २६ हजार निरक्षर रहेका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतले विद्यालयहरु मार्फत निकालेको निरक्षरताको आँकडामाथि छलफल समेत गरिएको थियो । कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि संचारकर्मी तथा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले प्राप्त पूर्वाधारलाई अधिकतम रुपमा उपयोग गरी कम समयमा साक्षरता उन्मुलन गर्नतर्फ लाग्न सुझाव दिएका थिए ।
यसैबिचनेपाल सरकारले विगत तीन वर्ष देखि नियमित रुपमा सुरु गरेको साक्षरता अभियान सचालनको आवश्यक तयारी म्याग्दी जिल्लामा अन्तिम चरणमा पुगेको छ ।
तेश्रो चरण अन्तर्गतको साक्षरता अभियानकालागि म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको हो । विगतका बर्षमा जिल्लाका प्रत्येक गाविसका प्रत्येक वडाहरुमा साक्षरता केन्द्र स्थापना गरी गाँउमा रहेका निरक्षरहरुलाई साक्षर बनाउनको लागि विषेश कक्षा साचालन गरीदै आएको थियो ।
यो वर्ष भने साक्षरता अभियान अलिक फरक ढंगबाट साचालन हुने बताईएको छ । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार निरक्षर व्यक्तिहरुको नामावलि सहितको तथ्याङ्कका आधारमा साक्षरता केन्द्र साचालन गरिने योजना अनुरुप शिक्षा कार्यालयले तथ्याङ्क सङ्कलन कार्यलाई अगाडी बढाएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com