बिद्यार्थी भिषामा बेलायत अध्यायन गर्न आएका ५ जना नेपाली बिद्यार्थीहरुलाई बेलायत सरकारले फिर्ता पठाएको छ । फिर्ता पठाइएका ती बिद्यार्थीहरुको बसाई गैर कानुनी रहेकोले उनीहरुलाई फिर्ता पठाइएको नेपालस्थित बेलायती दुतावासले जनाएको छ ।
यद्यपी बिद्यार्थीहरुले भने त्यो अस्विकार गरेका छन । बेलायतबाट नेपाल फर्काइएका एक नेपाली विद्यार्थीका अनुसार उनी अध्यायरत कलेजका कारण नेपाल फर्कनु परेको हो । उनी नेपाली साचालकको कलेजमा अध्यायन गर्थे । बेलायत प्रहरीले अनुसन्धान गरी कलेजमा फोन गर्दा कलेजले अनुपस्थित भएको जानकारी दिएका कारण उनलाई नेपाल फर्काइएको थियो । केहि नेपाली साचालकका कलेजहरुमा टीयर फोर लागु भएदेखी बेलायत आई कलेज नगएकाहरुलाई पनि भर्ना गरीएको ति बिद्यार्थीहरुको गुनासो छ । उनी गत अक्टोबरबाट कलेज गएका थिएनन । पर्काइएका मध्ये अरु चार जनाले भने आफुहरुले कलेजमा भर्ना समेत नगरेको बताए । उनीहरु बिद्यार्थी भिषामा बेलायत आएपनि कलेज गएका थिएनन । बेलायत सरकारले टीयर फोर बिद्यार्थीहरुलाई लक्षित गरी ल्याएको अनुदार शिक्षा नीति र अध्यायनरत कलेजको लापर्वाहीका कारण उनीजस्ता धेरै नेपाली विद्यार्थीहरु नेपाल फर्कनुपरेको अवस्था छ ।
दशौ लाख खर्चेर बेलायत अध्यायन गर्न आएका हजारौं बिद्यार्थीहरु बेलायत सर कारको अनुदार नीतिको शिकार भएका छन । एकातिर कामको अभाव त अर्कातिर बदिलंदो बेलायती कानुनका कारण बिद्यार्थीहरुले अफ्ठ्यारो अवस्था सामना गर्नुपरेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com