कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

जनताले जुत्ता हान्ने डरले प्रचण्डले उमेदवारी फिर्ता लिए

एकीकृत माओवादीले प्रधानमन्त्री निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिदैं एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेको छ । व्यवस्थापिका संसदको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीका प्रत्यासी तथा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल  एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गर्ने घोषणासहित उम्मेदवारी फिर्ता लिएका हुन् । एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेद्धारी फिर्ता लिएपछि एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्ने पक्का भएको छ। आफ्नो दलले एमाले उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेकाले उनले फिर्ता लिएका हुन। संसदमा माओवादीको सिट संख्या २३७ र एमालेको १०७ छ ।
व्यवस्थापिका संसदलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले  आफू पनि पुनः हार्ने सूचिमा पर्ने भएकाले उम्मेदवारीबारे निर्णय पुर्नविचार गर्न बाध्य भएको उल्लेख गरे । 'म ठूलो पार्टीको अध्यक्ष, फेरि पनि यहि हार्ने लिस्टमा पर्नेकुराले मलाई रातभर निन्द्रा परेन,' उम्मेदवारी फिर्ताको औचित्यबारे उनले भने, 'रामचन्द्रजीलाई भन्यो, तीन महिना छाडिदिनोस् भन्नुहुन्छ, झलनाथजीले आफ्नै लागि छाडिदिनुस् भन्नुहुन्छ, विजय गच्छदारको पनि सपना होला, यसरी फेरि परिणाम निस्कँदैन ।'
दाहालले पहिलेजस्तै फेरि पनि निर्वाचन प्रक्रिया लम्ब्याइरहे जनताको आक्रोस थपिने र त्यसले भयङ्कर रुप लिने बताए । 'अहिले त एकाध जनताले एकाध थप्पड हानेका छन् अब त जनताले सडकमा निस्कनेवित्तिकै जुत्ता हान्नेछन्,' दाहालले भने ।
उनले भने-’अहिले त एक दुई थप्पड मात्र खाएका छौं । अब पनि सरकार गठन नगर्ने हो भने नेताहरु बाहिर निस्कन पनि नसक्ने अवस्था आउने मैले देखे । अब त जनताले जुत्ता हान्छन भन्ने डर लाग्यो मलाई ।’ प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन सक्नु नेपाली आफ्नो सरकार आफै बनाउन सक्छन भन्ने सन्देश भएको बताए । भारतले नेपालमा सरकार बनाउन नदिएकोप्रति इङ्िगत गर्दै प्रचण्डले भने-’ यसले हामी आफ्नो सरकार आफै गठन गर्न सक्छौं । कसैको आदेश र निर्देशनमा चल्दैनौ भन्ने इतिहास बनेको छ ।’
गएरात आफु राम्रोसंग ननिदाएको भन्दै प्रचण्डले चारैजना लडिरहने तर मुलुकले फेरि पनि सरकार पाउन नसक्ने अबस्था अन्त्य गर्न बोल्ड निर्णय लिएको बताए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com