कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

निःशुल्क आँखा शल्यकि्रया शिविर सम्पन्न


म्याग्दी, २ फागुन । म्याग्दीको बेनीस्थित जिल्ला अस्पतालमा सोमबार निःशुल्क आँखा शल्यकि्रया शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बेनी र दोभान म्याग्दीको आयोजनामा दुई दिनसम्म साचालन भएको शिविरबाट ४२ जना लाभान्वित भएका छन् ।


बयालीस जना मोतियाबिन्दुका बिरामीमध्ये दुईजनाको दुवै र अन्यको एकएक आँखा शल्यकि्रया गरिएको लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । शिविरमा आएका पाँच बिरामीलाई शल्यकि्रयाका लागि हिमालयन आँखा अस्पताल पोखरा पठाइने उहाँले बताउनुभयो ।
शिविरमा हिमालय आँखा अस्पताल पोखराकी डाक्टर एलिजा श्रेष्ठ आँखा उपचार केन्द्र बागलुङका विजय पौडेल गोविन्द बडुलगायतका स्वास्थ्यकर्मी संलग्न थिए । निःशुल्क शल्यकि्रया गरेर डेढ महिनापछि आँखा देख्न पाउँदा निकै सुखी लागेको शिविरमा शल्यकि्रया गरेका पिप्लेका श्यामबहादुर खत्रीले बताए । 
सहयोगीको साथमा शिविरमा आएका अधिकांश विरामी आफैँ हिँडेर घर फर्कन पाउँदा खुसी भएका हुन् । "आँखा देख्न छाडेको डेढ महिना भएको थियो उपचार गर्ने पैसा थिएन" आँखा शल्यकि्रया गरेर देख्न सक्ने भएको दाना फगामकी ५२ वर्षीया बुद्धिसरा मिजारले बताइन् 

No comments:

Post a Comment

kushmabajar.blogspot.com