कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कर तिर्नका लागि हजारौं रकम खर्चिनुपर्दा समस्या सृजना


अगन्धर तिवारी, म्याग्दी फागुन ५ । जिल्लामा कर कार्यालय नहुँदा सानोतिनो व्यवसाय गर्ने व्यवसायीले पनि कर तिर्नका लागि हजारौं रकम खर्चिनुपर्दा समस्या सृजना भएकोले जिल्लामै कर कार्यालय स्थापना गरिनुपर्ने म्याग्दीका व्यवसायीहरुले माग गरेका छन् । वर्षमा एकदुई लाख रुपैयाँको कारोबार गर्ने व्यवसायीहरु समेत हरेक वर्ष कर चुक्ता गर्नका लागि आन्तरिक राजस्व कार्यालय पोखरा जानुपर्ने र समयमा काम नहुँदा हप्तादिन सम्म बस्नुपर्दा हजारौं रुपैयाँ खर्च लाग्ने भएकोले व्यवसायीको समस्यालाई ध्यानमा राखी हरेक जिल्लामा कर कार्यालय स्थापना हुनुपर्ने माग समेत म्याग्दीका व्यवसायीहरुले राखेका छन् ।
सरकारले घोषणा गरेको कर कार्यान्वयन अभियानवर्ष २०६७ का अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले बिहिबार बेनीमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै म्याग्दीका व्यवसायीहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै स्थानीय व्यवसायी तमबहादुर थापाले जिल्लामा कर कार्यालय नहुँदा स्थाइ लेखा नंवर दर्ता गरेर वार्षिक करोडौंको कारोबार गर्ने व्यवसायी र एकदुई लाख रुपैयाँको मात्रै कारोबार गर्ने व्यवसायीले एकै परिमाणमा राजस्व तिर्नेगरेका उदाहरण प्रसस्तै रहेको बताउँदै व्यवसाय अनुसारको कर लिनका लागि जिल्लाजिल्लामा कर कार्यालय साचालन हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै व्यवसायी सुवासकुमार श्रेष्ठले जिल्लामा कर कार्यालय भएमा हरेक व्यवसायी तथा घरधनीले समयमै कर तिर्नेखालको वातावरण सृजना हुने र त्यसबाट नै मुलुक समृद्ध हुनेभएकोले राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । म्याग्दी जिल्लामा मात्रै स्थाई लेखा नंवर दर्ता गरेर व्यवसाय गर्नेहरुको सङ्ख्या करिव आठसय रहेको र कर तिर्नेखालका घरमात्रै दुइहजारभन्दा बढि रहेका छन्

No comments:

Post a Comment

kushmabajar.blogspot.com