कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

संगठनमा आंच आउने कुनै पनि किसिमको कि्रयाकपाल नगर्न निर्देशन


बागलुङ फागुन ५ । प्रहरी नायव महानिरीक्षक तथा पश्चिमाचल क्षेत्रिय प्रहरी कार्यालय पोखराका प्रमुख उपेन्द्रकान्त अर्यालले बागलुङ जिल्ला स्थित प्रहरी कार्यलयहरुलाइ संगठनमा आंच आउने कुनै पनि किसिमको कि्रयाकपाल नगर्न निर्देशन दिनु भएको छ । धौलागिरी अंन्चलका सम्पुर्ण प्रहरी कार्यालय निरिक्षणका क्रममा मंगलबार बागलुङ आउनु भएका प्रहरी नायव महानिरिक्षक अर्यालले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागी कानुन सम्मत तरिकाले सबैसंग सहकार्य गरेर अगाडि बढ्न निर्देशन दिनु भएको छ ।
अन्चल प्रहरी कार्यालय जिल्ला प्रहरी कायलय र ससस्त्र प्रहरी कार्यालय गुल्मको संयुक्त रुपमा भएको छलफल कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अर्यालले जनता संग सम्बन्ध विस्तार गर्नका लागि वातावरण सृजना गर्दै निष्पक्ष रुपमा न्यायको पक्षमा काम गर्न समेत निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com