पर्वत, २ फागुन । जिल्लाको खौलालाकुरी गाविस-९ का महिला रक्सी नियन्त्रण अभियानमा लागी परेका छन् । रक्सी नियन्त्रण अभियानसँगै वडा नं। ९ को धुस्तुङ देउरालीलाई जाँडरक्सी मुक्त गाउँ घोषणा गर्ने अभियानमा यहँका महिलाहरु जुटेका छन् ।
अन्य छिमेकी विभिन्न गाउँमा जाँडरक्सीको प्रयोग बढेर अराजकता फैलिएपछि यस गाउँका महिला पूर्व सचेतना अभियानमा लागेका हुन् । महिलाहरुले आइतबार गाउँ भेला राखेर स्थानीय सीता थापाको अध्यक्षतामा १५ सदस्यीय धुस्तुङ देउराली महिला समूह गठन गरेका छन् । उक्त समूहमा नौ जना महिला सदस्य रहेका छन् भने छ जना पुरुष सदस्यसमेत संम्मिलित भएका छन् ।
जाँडरक्सी सेवन गरेर गाउँमा कुनै नकारात्मक प्रभाव पारेमा त्यस्ता व्यक्तिलाई सुरुमा रु २०० जरिवाना र लगातार बेवास्ता गरेमा दोस्रो पटक रु ५०० र तेस्रो पटक रु एक हजारसम्मको जरिवाना तोकेको स्थानीय महिला कमला थापाले जानकारी दिनुभयो । फागुन ३ गतेदेखि यी निर्णय लागू हुनेछन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com