कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

औद्योगिक क्षेत्रका उद्योगहरु सोमबार दिउँसो बन्द

(माधव बराल)
कास्की, २ फागुन - 


सुविधा बृद्धिको माग गर्दै मजदुर आन्ादोलनमा उत्रिएपछि पोखरा औद्योगिक क्षेत्रका उद्योगहरु सोमबार दिउँसो बन्द भएका छन् । औद्योगिक मजदुर संघ कास्कीको अगुवाईमा आन्दोलनमा उत्रिएका मजदुहरुले आफुहरुको तलब बृद्धि हुनुपर्ने माग गर्दै उद्योगहरु बन्द गराएका हुन् ।


चरणबद्ध रुपमा आन्दोलित मजदुरहरुले सोमबार बिहानै देखि औद्योगिक क्षेत्रमा रहेका उद्योगका प्रशासन शाखाहरुमा तालाबन्दी गर्दै कामकाज ठप्प पारेका हुन । मजदुरहरुले सोमबार ६ घण्टा काम नगरी घाम तापेर बसे । मागको बारेमा कुनै सनुवाई नभए संघले पुन आन्दोलनका नयाँ कार्यक्रम ल्याउने जनाएको छ ।
महङगी बढ्दै जाँदा ब्यावसायिहरुले मजदुरहरुको तलब बृद्धि गर्नेतर्फ खासै ध्यान नदिएकोले आफहुरु बाध्य भएर आन्दोलनमा उत्रिएको संघ कास्कीका अध्यक्ष भोजराज खत्रीले बताउनु भयो । उहाँले आफुहरुका मागका बारेमा सम्बन्धित पक्षहरुसग पटक पटक कुरा गरे पनि आफ्ना माग प्रति वे-वास्ता गरेकोले आफहुरु चरणबद्ध आन्दोलमा उत्रिन बाध्य भएको बताउनु भयो ।
संघले गत माघ २२ गते देखि आन्दोलन सुरु गरेको थियो । २२ देखि २४ गते सम्म हात तथा टाउकोमा कालोपट्टी बाँधेर बिरोध जनाएको थियो । आन्दोलनको चौथो दिन फ्याक्ट्रीहरुमा कोण सभा छैटौ दिन आईतबार मजदुहरुले २ घण्टा कामकाज ठप्प पारेका थिए । मजदुरको आन्दोलनले लाखौ रुपायाँ नोक्सानी भएको छ ।
संघको आन्दोलनलाई नेपाली काग्रेंस समर्थित नेपाल कारखाना श्रमिक संघले समेत ऐक्यबद्धता जनाएको संघका अध्यक्ष केशबराज भट्टराईले बताउनु भयो । उद्योग विकास संघ पोखराका अध्यक्ष चन्द्रबहादुर राजभण्डारीले मजदुरहरुको तलवबृद्धिको बिषयमा सरकारले तोके बमोजिम ब्यावसायिहरुले दिएको दाबी गर्दै सरकारले तोकेभन्दा आफुहरुले बढी तलव भत्ता दिन नसक्ने बताउनु भयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com