कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

४३ वर्षसम्म बिना छुट्टी कामको भोक


संसारमा यस्ता मानिसहरु पनि छन्, जो आफ्नो कामलाई जीवनको आदर्श मान्छन् । उनीहरुका लागि घर, परिवार भन्दा पनि काम नै प्यारो हुने गरेको छ । बेलायतका ६६ वषिर्य एक बृद्वले जागिर खाएदेखि ४३ वर्ष पूरा गरिसक्दा पनि आजसम्म कुनै बिदा लिएका छैनन् । कामप्रति आफू सधै निष्ठावान र समर्पित रहेको उनी बताउाछन् । अल्छी, काम छल्ने वा उत्तरदायित्वबाट पन्छिने प्रवृति भएका विश्वभरकै कर्मचारीहरुका लागि बृद्व प्रेरणाका स्रोत बनेका छन् । आफ्नो पेशाप्रति बृद्वले देखाएका समर्पण अनुकरणीय मात्र नभई सम्मानयोग्य पनि छ ।
बेलायतको एसेक्सस्थित बासिलडोन काउन्सिलमा १९६८ देखि सर्वेक्षकका रुपमा कार्यरत जिम ओवेन नामका बृद्वले हालसम्म कुनै किसिमको बिदा लिदा नलिएको डेलिमेल पत्रिकाले जनाएको छ । आश्चार्यलाग्दो कुरा के छ भने बृद्व हालसम्म पनि बिरामी परेका छैनन् । भगवानको आर्शिवाद उनीमाथि परेकै हो । अन्य कर्मचारीसरह बृद्वले चुस्तरुपमा काम गर्ने बताउादै परिषदका कार्यकारी निर्देशक क्रिस वाइटले भने, ‘कामलाई पूजा गर्ने बृद्व अरुका लागि एक उदाहरण बनेका छन् । उनी परिषदका एक बहुमूल्य गहना हुन् ।’
२ छोरा र ३ छोरीका पिता रहेका बृद्व केहि वर्षमै सेवानिवृत हुादैछन् । तर, जागिर छोड्ने कुनै मनसाय नरहेको उनले बताए । ‘मेरो काम मलाई अति प्यारो छ । मेरो संस्था र टिम पछि परेको म हेर्न सक्दिन,’ बृद्वले भने, ‘मेरो रिटायर हुने दिन आउादै छ, तर म अझै काम गर्न चाहन्छु ।’ कामप्रतिको यस्तो अगाध प्रेम सादय विरलै मानिसहरुमा हुन्छ । जे होस् बृद्वले बुढेसकालमा पनि आफ्नो काम र कर्तब्यप्रति समपर्ण देखाएर ढगी प्रवृतिका ढोंगी कर्मचारीहरुलाई ठूलो सांकेतिक झापड हानेका छन् 

No comments:

Post a Comment

kushmabajar.blogspot.com