आर्थिक अभावका कारण यहाँस्थित जिल्लाको एकमात्र ुमदरसा गुल्सने बरकातु सङ्कटमा परेको छ । एक सय ३२ मुस्लिम परिवारद्वारा साचालित सदारमुकाम कुश्माबजारस्थित मदरसा ती परिवारको सहयोगमा मात्र टिक्न नसक्ने भएपछि सङ्कटमा परेको हो ।
आफ्नो धर्म संस्कृति रीतिरिवाजको जगेर्ना गर्ने उद्देश्यले २०५२ सालदेखि मदरसा संचालन गरिएको हो । जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिलगायत सरकारी निकायले सहयोग नगर्दा विद्यालय बन्द हुने अवस्थामा पुगेको कुश्माबजारका कलाम दिनमिया बताउनुहुन्छ ।
समाजसेवी कलाम र तुरुफखान मियाले मदरसाका लागि निःशुल्क जग्गा प्रदान गरेका थिए । उक्त जग्गामा १५ वर्षअघि बनाइएको भवन जीर्ण भएको छ । भत्कने अवस्थामा पुगेको भवनको मर्मतसम्भारका लागि १० लाख रुपैयाँ अत्यावश्यक भएको तुरुफखान उल्लेख गर्नुहुन्छ । जिल्ला शिक्षा कार्यालयबाट बाल विकास कार्यक्रमअन्तर्गत सामान्य सहयोग प्राप्त भए पनि आर्थिक सहायता प्राप्त नभएकॊ मुस्लिम सेवा समाजका कोषाध्यक्ष अल्लम खाँले बताउनुभयो ।
कुश्माबजारमा सानोतिनो व्यापार गरेर जीविकोपार्जन गर्दै आएका मुस्लिम समुदायले चन्दा उठाएर मदरसा स्थापना गरेका भए पनि उनीहरु शिक्षकलाई तलब प्रदान तथा भवन मर्मत गर्न अक्षम छन् । मुस्लिम सेवा समाजका सल्लाहाकार रम्वेजलिन खाँले विद्यालय साचालनका लागि शिक्षक दरबन्दीको व्यवस्थाका साथै भौतिक सहयोगका निम्ति सरकारसँग अुनरोध गर्नुभएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com