२६ माघ, काठमाण्डौ । दुईवटा जहाज किन्न नेपाल बायुसेवा निगमले पठाएको वैनारकम फिर्ता गर्न सहमति जनाउँदै एअरबसले निगमलाई पठाएको पत्र महाप्रबन्धक केवी लिम्बुले गायब बनाएका छन् ।
बैनारकम पठाएर भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारबिरुद्ध मुद्दा दायर गरेपछि एअरबसले गत माघ २० गते मानवीय आधारमा भन्दै वैना रकम फिर्ता पठाउन पत्र पठाएको थियो । निगम संचालक समितिका अध्यक्षलाई सम्बोधन गर्दै पठाइएको सो पत्रमा वैनावापत पठाइएको ७ लाख ५० हजार अमेरिकी डलर फिर्ता पठाउन निगमको खातानम्बर माग गरिएको थियो ।
तर, निमग महाप्रवन्धक केवी लिम्बुले भने फ्याक्समार्फत आएको पत्र गायब बनाएका छन् । उनले सो पत्र नक्कली भएको दावी गर्दै खाता नम्बर पठाउन नसकिने बताउँदै आएका छन् । बैनारकम फिर्ता आएमा कंसाकारबिरुद्ध दायर मुद्धा निष्प्रभावी हुने डरले बैनारकम फिर्ता लिन पनि आनाकानी गरिएको भन्दै निगम कर्मचारीले भने दवाब दिन थालेका छन् । महाप्रबन्धक लिम्बुले एअरबस नभई बोइङ कम्पनीको जहाज किन्न उपसमिति गठन गरिसकेका छन् ।
निगमका दुई कर्मचारी संगठनले बैना रकम फिर्ताका लागि आएको पत्रको रेस्पोन्स गर्न माग गर्दै निमग संचालक समितिका अध्यक्ष एवं पर्यटनसचिव किशोर थापालाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
सामान्यतया कानुनअनुसार टेन्डरप्रकृयामा सहभागी भई निगमले बैनारकम पठाएकाले एअरबसले वैनारकम फिर्ता गर्नुपर्ने थिएन् । तर, निगमसंगको साख र मानवीय आधारमा भन्दै एअरबसले रकम फिर्ता गर्न सहमति जनाउँदै खाता नम्बर मागेपनि निगम ब्यबस्थापनले भने नक्कली पत्र भन्दै संचारमाध्मयमा बिज्ञप्ती निकालेर खण्डन गरेको छ ।
कर्मचारी संगठनले जहाज निर्माता कम्पनीले पठाएको पत्र निगमभित्रै गायब पारिएको बिषयमासमेत छानविन गर्न माग गरेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com